दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिप्रसाद राय अमातको. शनिबार राती निधन भएको छ ।
केही समयदेखी पक्षघातबाट पीडित भई थलो परेका उनको शनिबार राती आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् ।
६५ वर्षिय राय गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए ।
उनको निधनले अपूर्णिय क्षति भएको भन्दै काँग्रेस सप्तरीले शोक वक्तब्य जारि गर्दै मृत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
सचिव सनत मण्डलद्वारा जारि प्रेस विज्ञप्तिमा रायको निधनले पार्टी र डाक्नेश्वरी नगरपालिकावासी दुबैलाई अपूर्णिय क्षति पुगेको उल्लेख छ ।
यसैबीच वडाअध्यक्ष रायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै डाक्नेश्वरी नगरपालिकाले आइतबार नगर क्षेत्रमा शोक बिदा दिने गरेको छ । नगरप्रमुख रामलखन मलाहले शोक मनाउन मातहातका सबै कार्यालयमा एक दिन बिदा दिने निर्णय भएको बताए ।
वडा अध्यक्षको निधन शोकमा बिदा
सारांश
- केही समयदेखी पक्षघातबाट पीडित भई थलो परेका उनको शनिबार राती आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् ।
- ६५ वर्षिय राय गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए ।
- उनको निधनले अपूर्णिय क्षति भएको भन्दै काँग्रेस सप्तरीले शोक वक्तब्य जारि गर्दै मृत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया