कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी

राजविराज राजविराज
|
शनिबार, चैत्र ८, २०७६
|
|
२८ पटक हेरिएको
Shares
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी

सारांश

  •     उपभोक्ताहरुले भाईरसको त्रासका कारण सामानहरुको अभाव हुने तथा मुल्य बृद्धि हुने डरका कारण सामानहरुको भण्डारण गर्ने होडबाजी चलेको हो ।
  •       विभिन्न पसलहरुमा अहिले सामानहरुको खरीद गर्ने भिड लागेको देखिन्छ भने ग्यासको पसलमा २÷३ वटा ग्यास सिलिन्डर लिएर आउनेहरुको समेत उत्तिकै भिड देखिन्छन् ।
  •       कोरोना त्रासका कारण नगरभित्रका केही किराना पसल बन्द रहने तथा खुलेका पसलमा उपभोक्ताको भिड लाग्ने गरेको र चामल, दाल, नुन, चिनी र पिठो खरिद गरी भण्डारण गर्ने प्रवृति बढेको हेमनारायण साहले बताए ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत । 
    कोरोना भाइरसको त्रासका बीचमा सप्तरीमा खाद्यबस्तुका साथै पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको भण्डारण गर्ने उपभोक्ताबीच होडबाजी चलेको छ । 
    उपभोक्ताहरुले भाईरसको त्रासका कारण सामानहरुको अभाव हुने तथा मुल्य बृद्धि हुने डरका कारण सामानहरुको भण्डारण गर्ने होडबाजी चलेको हो । 
    विभिन्न पसलहरुमा अहिले सामानहरुको खरीद गर्ने भिड लागेको देखिन्छ भने ग्यासको पसलमा २÷३ वटा ग्यास सिलिन्डर लिएर आउनेहरुको समेत उत्तिकै भिड देखिन्छन् । 
    कोरोना त्रासका कारण नगरभित्रका केही किराना पसल बन्द रहने तथा खुलेका पसलमा उपभोक्ताको भिड लाग्ने गरेको र चामल, दाल, नुन, चिनी र पिठो खरिद गरी भण्डारण गर्ने प्रवृति बढेको हेमनारायण साहले बताए ।
    यता ईन्धनको अभाव हुने हल्लाले पेट्रोल पम्पहरुमा पनि विहानैदेखि भिड लाग्ने गरेको छ । कोरोना भाईरसको त्रासका कारण आपुर्ति रोकिने भ्रामक हल्लाका कारण अधिकांश सवारी धनीले ईन्धन भण्डारण गर्न थालिएको छ । 
    भ्रामक हल्लाका कारण पनि कालो बजारी र कृत्रिम अभाव सृजना भएको भन्दै हल्ला पछि नलाग्न र बजारलाई व्यवस्थित गर्न पहल गरिरहेको सगरमाथा पेट्रोलियम एशोसिएशनका हरेकृष्ण प्रसाद सिंहले बताए । 
    यता प्रहरीले कालो बजारी र कृत्रिम अभाव सृजना गर्ने सम्बन्धित पसले र व्यक्तिलाई कारवाही गर्ने भन्दै त्यस्तो कार्यमा संलग्न व्यक्तिबारे तत्काल जानकारी गराउन सर्वसाधारण सँग एक सूचना मार्फत आग्रह गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया
सात बुँदे माग राख्दै लगातार चौथो दिन पनि नगरपालिका कार्यालयमा धर्ना
सात बुँदे माग राख्दै लगातार चौथो दिन पनि नगरपालिका कार्यालयमा धर्ना
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
काँग्रेसले पूर्व उपसभापतिको निधनप्रति शोक मनाउन तीन दिन आधा झण्डा झुकाउने 
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु
मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते