सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव

राजविराज राजविराज
|
शनिबार, पौष २०, २०८१
|
|
६१ पटक हेरिएको
Shares
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव

सारांश

  • दैनिक समाचारदाता राजविराज, २० पुस ।
  •       मधेश प्रदेशसभा सदस्य महेश प्रसाद यादवले सहकारीमा भइरहेको राजनीतिले सम्पूर्ण सहकारी क्षेत्रलाई निरुत्साहित गर्ने काम भइरहेको आरोप लगाएका छन् ।
  •       राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
३४ हजार मध्ये १४८ वटा सहकारी समस्याग्रस्त ः अध्यक्ष दत्त
मिडियामार्फत प्रचारबाजी गरेकै भरमा सहकारीलाई दोषि ठह्¥याउने काम भइरहेको छ ः बैंक संयोजक मण्डल

दैनिक समाचारदाता
राजविराज, २० पुस । 

    मधेश प्रदेशसभा सदस्य महेश प्रसाद यादवले सहकारीमा भइरहेको राजनीतिले सम्पूर्ण सहकारी क्षेत्रलाई निरुत्साहित गर्ने काम भइरहेको आरोप लगाएका छन् । 
    राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 
    पूर्व मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य यादवले राज्य गरिब जनताहरुको आवश्यकता पुरा गर्न नसकेको बेला सहकारीले उनीहरुको आवश्यकता पुरा गर्न अहम भूमिका निर्वाह गरेको भन्दै त्यही सहकारी बिरुद्ध हाल राजनीतिकरण हुँदै निकै टिकाटिप्पणी भइरहेकोले यस्ता गलत प्रचार बन्द गर्नु पर्ने बताए । 
    सही मनसायले काम गर्ने सहकारीलाई प्रोत्साहन तथा गलत नियतले सहकारीका सदस्यहरुलाई ठग्ने प्रवृतीका सहकारी तथा त्यसका संचालकहरु कानुनले नछोड्ने बताउँदै नेता यादवले हालै ल्याइएको सहकारी अध्यादेश सहकारीकर्मीहरुसँग सल्लाह गरेर सरकारले ल्याएको भए अझ प्रभावकारी हुने जिकिर समेत गरे । 
    सोही सभामा विशिष्ट अतिथिको आसन्नबाट राष्ट्रिय सहकारी बैंकका संचालक तथा मधेश प्रदेशका संयोजक विश्वनाथ मण्डलले सहकारी संस्थाहरुलाई राज्यबाटै उपेक्षित गरिएको आरोप लगाए । उनले भने, “सहकारीहरुले गरेको सकारात्मक कामलाई ढाकछोप गर्ने अनि केही सहकारीबाट गरिएको नकारात्मक कामलाई मिडियामार्फत प्रचारबाजी गरेकै भरमा राज्यले पनि उसैलाई दोषि ठह्¥याउने काम गरेको छ ।”  
    उनले सहकारी संस्थाहरुले समाज परिवर्तनका कामहरु गरेका छन् तर, ती कामहरुबारे जनता सामु ल्याउन संचारकर्मीहरुलाई आग्रह गर्दै सहकारीप्रति हुने सबै खाले भेद्भाव समेत अन्त्य तथा बदनियतपूर्ण तरिकारले सहकारीप्रतिको गलत प्रचारलाई निरुत्साहित गर्न सहकारीकर्मी एकजुट हुनुपर्नेमा जोड दिए । 
    जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद दत्तले अहिलेको समयका सहकारीहरु संकटमा रहेकाले सबै सहकारीकर्मी एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिए । उनले भने, “मुलुकभर ३४ हजार सहकारी संस्थाहरु छन्, त्यसमध्ये १ सय ४८ वटा सहकारीहरु समस्याग्रस्त छन्, हजारौंको संख्यामा रहेका सहकारी मध्ये एक दुई वटाले गरेको नकारात्मक कार्यले सबै सहकारीलाई दोषि भन्न मिल्छ ?” भन्ने प्रश्न गरे । शेयर सदस्यहरुले जम्मा गरेको रकम लिएर संचालकहरु भागेका छन् भन्ने उनीहरुलाई कारवाहीका लागि सहकारी संघ पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गरे । यदी ती संचालकलाई राज्यले कारवाही गर्न सकेन भने त्यसको असर अन्य सहकारीमा समेत पर्ने उनको भनाई थियो । 
    संस्थाका अध्यक्ष सचिन्द्र दासको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्षीय प्रतिवेदन तथा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनमा चालु आ.ब.मा संस्थाले बहुउद्देश्यीय व्यवसायीक कृषि फर्म संचालनतर्फ ९ वटा माछा पोखरी निर्माण गरि व्यवसायिक माछा पालन संचालनमा रहेको र आधुनिक तरीकाले व्यवसायिक कृषि उत्पादन गर्न थप योजना संचालन गर्ने प्रक्रिया जारि रहेको उल्लेख छ । 
    संस्थाहरु शेयर सदस्यहरुको सहभागिता रहेको सभामा पत्रकार नवीनकुमार गुप्ता, संस्थाका उपाध्यक्ष देवनारायण चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइसिएल सप्तरीको भेला सम्पन्न 
वाइसिएल सप्तरीको भेला सम्पन्न 
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
एकद्वार प्रणाली मार्फत बाढीपीडितलाई  राहत बितरण गर्न निर्देशन
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन  महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान
प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ 
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ 
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी