दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा सोमबार सप्तरीका पत्रकारहरुका लागि निशुल्क एक दिने कान परीक्षण शिविरको आयोजना गरिएको छ ।
इम्प्याक्ट नेपाल ठाकोदेवी जोगेन्द्र भगत कान उपचार केन्द्र राजविराजको सहयोगमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आयोजनामा शिविरको आयोजना गरिएको हो ।
शिविरमा ४० जना पत्रकारहरुले कानको चेकजाँच, उपचार तथा निशुल्क औषधी पाएको पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले जानकारी दिए । कान उपचार केन्द्रका स्वास्थ्यकर्मी मनोज मण्डल र डिल्ली बहादुर अधिकारीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
शिविरमा कान रोगबाट हुने हानी र यसबाट बच्ने उपायबारे समेत पत्रकारहरुलाई सचेतना प्रशिक्षण प्रदान गरिएको थियो ।
इम्प्याक्ट नेपाल ठाकोदेवी जोगेन्द्र भगत कान उपचार केन्द्र राजविराजको यही चैत २० स्थापना दिवस रहेकोले सोको अवसरमा नेपाल पत्रकार महासंघसँग सहकार्य गरी शिविर मार्फत सञ्चारकर्मीहरु सेवा प्रदान गरिएको कान उपचार केन्द्रका प्रमुख नरेश यादवले बताए ।
पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
सारांश
- इम्प्याक्ट नेपाल ठाकोदेवी जोगेन्द्र भगत कान उपचार केन्द्र राजविराजको सहयोगमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आयोजनामा शिविरको आयोजना गरिएको हो ।
- शिविरमा ४० जना पत्रकारहरुले कानको चेकजाँच, उपचार तथा निशुल्क औषधी पाएको पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले जानकारी दिए ।
- कान उपचार केन्द्रका स्वास्थ्यकर्मी मनोज मण्डल र डिल्ली बहादुर अधिकारीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया