दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
हाम्रो कृषि सहकारी संस्था लिमिटेड राजविराजले कृषि क्षेत्रलाई थप सबल बनाउन राजविराज नगरपालिकाको सम्पूर्ण वडामा कृषक समूह गठन गर्ने जनाएको छ ।
संस्थाको शुक्रबार आयोजित १२ औं वार्षिक साधारण सभाको अवसरमा सो जानकारी दिँदै किसानलाई प्रोत्साहन गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।
सभामा प्रगति प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष अमिरनारायण यादवले राजविराज नगरपालिकाको सबै १६ वटै वडामा कृषक समूह गठन गर्ने काम अघि बढेको जानकारी दिए ।
उनले सरकार र सहकारीको माध्यमले कृषि क्षेत्रलाई सबल तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न ल्याइएको नीति अन्तरगत हालसम्म दुई वटा कृषक समूह गठन भइसकेको जानकारी पनि दिए । उनले बाँकी रहेका अन्य वडामा समेत बिस्तारको काम अघि बढेको जानकारी दिए ।
यस्तै कृषकहरुलाई सस्तो र सहज ढंगले मलखाद, बिऊ बिजन समयमै उपलब्ध गराउन यसै वर्षदेखी डिलर लिई सेवा समेत सुरु गर्ने तयारी गरिएको उनको भनाई छ ।
प्रस्तुत वार्षिक प्रतिवेदनमा हालसम्म संस्थामा ३ करोड ५८ लाख ३८ हजार २ सय कारोबार भएको, शेयर पुँजी २७ लाख १९ हजार रहेको र ऋण लगानी १ करोड २३ लाख भएको उल्लेख गरिएको छ । संस्थामा हाल ४ सय जना शेयर सदस्य रहेका छन् ।
वार्षिक साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक शाखा राजविराजका प्रबन्धक चन्द्रमणि भटराईले सहकार्य मार्फत सहकारीको विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, पूर्वकेन्द्रिय सदस्य अवधेश झा, प्याबशन सप्तरीका अध्यक्ष देवानन्द चौधरी, समाजसेवी प्रेम श्रेष्ठ लगायतले पनि शुभकामना दिँदै सहकारी नाफामुखी मात्र नभई सामाजिक काममा पनि उत्तिकै योगदान दिन अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
सोही सभामा संस्थाका उत्कृष्ट बचतकर्ता, शेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो ।
वार्षिक साधारण सभाका अवसरमा संस्थाले सामाजिक सेवा उत्तरदायित्व अन्तरगत पत्रकार महासंघ शाखा सप्तरीलाई एक थान स्टिल दराजसमेत प्रदान गरेको संस्थाले जनाएको छ । सो अवसरमा संस्थाका अध्यक्ष यादवले महासंघका उपाध्यक्ष अम्बिका दाहाल, सचिव रामनारायण विश्वासलाई संयुक्त रुपमा दराजको साँचो हस्तान्तरण गरेका थिए ।
हाम्रो कृषिले कृषि क्षेत्रलाई सबल बनाउने योजना ल्यायो
सारांश
- संस्थाको शुक्रबार आयोजित १२ औं वार्षिक साधारण सभाको अवसरमा सो जानकारी दिँदै किसानलाई प्रोत्साहन गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।
- सभामा प्रगति प्रतिवेदन पेश गर्दै संस्थाका अध्यक्ष अमिरनारायण यादवले राजविराज नगरपालिकाको सबै १६ वटै वडामा कृषक समूह गठन गर्ने काम अघि बढेको जानकारी दिए ।
- उनले सरकार र सहकारीको माध्यमले कृषि क्षेत्रलाई सबल तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न ल्याइएको नीति अन्तरगत हालसम्म दुई वटा कृषक समूह गठन भइसकेको जानकारी पनि दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया