क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता

राजविराज राजविराज
|
शुक्रबार, माघ ९, २०८२
|
|
२२ पटक हेरिएको
Shares
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता

सारांश

  •     आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रबाट २७ जनाले उम्मेदबारी दिएका थिए ।
  • दुई जनाको उम्मेदवारी फिर्ता भएसँगै यस क्षेत्रमा २५ जनाको उम्मेदवारी कायम रहेको छ ।
  •       यसअघि सप्तरी क्षेत्र नं.

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 

    सप्तरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारद्वय सुरेन्द्र प्रसाद साह र कृतिनन्द चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । 
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रबाट २७ जनाले उम्मेदबारी दिएका थिए । दुई जनाको उम्मेदवारी फिर्ता भएसँगै यस क्षेत्रमा २५ जनाको उम्मेदवारी कायम रहेको छ । 
    यसअघि सप्तरी क्षेत्र नं. १ बाट एक जनाको उम्मेदवारी रद्द गरिएको थियो । जिल्लाको क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका सागर कुमार चौधरीको उम्मेदवारी रद्द गरिएको हो । उक्त पार्टीबाट सागर संगै रविन्द्र चौधरी समेत दुई जनाले उम्मेदवारी दिएका थिए । 
    नेपाली कम्युनिष्ट पार्टीका आधिकारिक उम्मेदवार रविन्द्र चौधरी नै भएको छानबिनबाट देखिदा सोही पार्टीबाट उम्मेदवारी दिएका अर्का उम्मेदवार सागर कुमार चौधरीको उम्मेदवारी रद्द गरिएको क्षेत्र नं. १ का निर्वाचन अधिकृत जानकी रमण यादवले जानकारी दिए ।
    क्षेत्र नं. १ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २१ जना तथा क्षेत्र नं. २ मा ३४ र क्षेत्र नं. ३ मा २२ जना गरि सप्तरीमा चार वटै क्षेत्रमा अब १ सय २ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
बुवाको हत्या गर्ने छोरा जेल चलान
बुवाको हत्या गर्ने छोरा जेल चलान
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
प्रमुख प्रशासकीय अधिकृत झण्डै  ६ महिनामा ५ महिना अनुपस्थित
नेकपाको सप्तरी अध्यक्षमा  मण्डल र सचिवमा न्यौपाने चयन
समाजवादको केन्द्र जसपा मात्र ः उपेन्द्र यादव
समाजवादको केन्द्र जसपा मात्र ः उपेन्द्र यादव
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन