काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण

राजविराज राजविराज
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
४४ पटक हेरिएको
Shares
काँग्रेस नेताहरुद्वारा हत्याहिंसा बढेको भन्दै प्रजिअलाई ध्यानाकर्षण

सारांश

  • सरकारमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेका काँग्रेस सप्तरीका नेताहरुको एक टोली सोमबार राजविराजस्थित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका हुन् ।
  •   टोलीमा सहभागी भएका नेताहरुमध्ये पूर्व सांसद् एवं नेवि संघका पूर्व अध्यक्ष रञ्जित कर्णले पछिल्लो केही दिनमा दुई–दुई वटा हत्याकै घटना सप्तरीमा घट्नुले समग्र सुरक्षाको स्थिती दर्शाएको बताउँदै उनले जिल्लामा बढ्दै गएको असुरक्षा हटाउनतर्फ आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको बताए ।
  •   यस्तै हत्याबाहेक जिल्लामा बलात्कार तथा यौन दुब्र्यवहारका घटना बढ्दै गएको, विभिन्न विकासीय कार्यालय तथा स्थानीय तहहरुमा आर्थिक अनियमितताका विषय उठिरहेकाले त्यसप्रति पनि काँग्रेसका नेताहरुले प्रजिअको ध्यानाकर्षण गराएका थिए ।

दैनिक समाचारदाता

राजविराज, ५ कात्तिक । 

सप्तरी जिल्लामा हत्यासहितका अपराधिक घटनाहरु केही दिनयता बढ्न थालेको भन्दै नेपाली काँग्रेस सप्तरीका नेताहरुले सोमबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

सरकारमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेका काँग्रेस सप्तरीका नेताहरुको एक टोली सोमबार राजविराजस्थित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएका हुन् । 

टोलीमा सहभागी भएका नेताहरुमध्ये पूर्व सांसद् एवं नेवि संघका पूर्व अध्यक्ष रञ्जित कर्णले पछिल्लो केही दिनमा दुई–दुई वटा हत्याकै घटना सप्तरीमा घट्नुले समग्र सुरक्षाको स्थिती दर्शाएको बताउँदै उनले जिल्लामा बढ्दै गएको असुरक्षा हटाउनतर्फ आफूहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको बताए । 

यस्तै हत्याबाहेक जिल्लामा बलात्कार तथा यौन दुब्र्यवहारका घटना बढ्दै गएको, विभिन्न विकासीय कार्यालय तथा स्थानीय तहहरुमा आर्थिक अनियमितताका विषय उठिरहेकाले त्यसप्रति पनि काँग्रेसका नेताहरुले प्रजिअको ध्यानाकर्षण गराएका थिए । 

काँग्रेसले आउँदो तिहार र छठ पर्वको अवधीमा जिल्लामा अझ सुरक्षा ब्यवस्था कडा बनाउनसमेत स्थानीय प्रशासनसँग आग्रह गरेको टोलीमा सहभागी रहेका नेपाल प्रेस यूनियन सप्तरीका अध्यक्ष आर.एन. विश्वासले जानकारी दिए ।

सो टोलीमा नेवि संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद् रञ्जित कर्ण, क्षेत्र नम्बर २ का सभापति महानन्द यादव, काँग्रेसका राजविराज नगर सभापति शम्भुलाल देव, यूवा नेताहरु समिर झा, पार्थो सरकार, ललिता कर्ण, सिता यादवसहितका सहभागी थिए ।

दशैंको टिकाको दिन सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय छेउमै रहेको घरमा स्थानीय ४५ वर्षिया आशा देवको र केही दिनअघि दुई समुहको बीचमा राजविराज नगरपालिकाकै प्रेम यादवको हत्या भएको थियो । तर, दुवै घटनामध्ये हालसम्म प्रहरीले दोषी पता लगाई सार्वजनिक गर्न सकेको छैन ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल 
अशक्तलाई ह्विलचियर र छात्रालाई साईकल 
डा. राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज 
प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
भ्रष्टाचार भएको भन्दै कंचनरुप नगरपालिका बिरुद्ध पाँच दल आन्दोलित
भ्रष्टाचार भएको भन्दै कंचनरुप नगरपालिका बिरुद्ध पाँच दल आन्दोलित
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
प्रहरीले पक्राउ गरेको युवामा संक्रमण देखिएपछि पक्राउ गर्ने प्रहरी र आफन्तमा खैलाबैला
प्रहरीले पक्राउ गरेको युवामा संक्रमण देखिएपछि पक्राउ गर्ने प्रहरी र आफन्तमा खैलाबैला
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
जिल्लास्तरिय बिधालय क्रिकेट  लालीगुराँस र रायपुर बिजयी
सहकारी दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया
सहकारी दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया