दैनिक समाचारदाता
राजविराज, २५ असार ।
कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनको मारमा परेका सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडाका हरवाचरवा परिवारलाई श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले दोश्रो चरणको राहत बितरण गरेको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा संचालित सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवा कार्यक्रम अन्तर्गत कोरोना भाइरस आपतकालिन दोस्रो चरणको राहत बितरण गरेको जनाएको छ ।
शम्भुनाथ नगरपालिकाको वडा नम्बर १, ६, ७, ८, ९, १०, ११ र १२ सदा तथा रामबस्तीका २ सय ७ वटा घरपरिवारलाई चामल २५ किलो, खाने तेल २ लिटर, दाल मसुरी २ किलो, नुन २ किलो, नुहाउने साबुन ४ थान सामग्री लगायत सामग्रीहरु वितरण गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका टिम लिडर बिनोदानन्द चौधरीले जानकारी दिए ।
कार्यक्रममा शम्भुनाथ नगरपालिकाका उपमेयर कविता कुमारी सरदार, वडा नम्बर ११ का अध्यक्ष शम्भु चौधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका अध्यक्ष सुखीलाल चौधरी लगायतले राहत बितरण गरेका थिए ।
हरवाचरवा परिवारलाई दोश्रो चरणको राहत बितरण
सारांश
- द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा संचालित सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवा कार्यक्रम अन्तर्गत कोरोना भाइरस आपतकालिन दोस्रो चरणको राहत बितरण गरेको जनाएको छ ।
- शम्भुनाथ नगरपालिकाको वडा नम्बर १, ६, ७, ८, ९, १०, ११ र १२ सदा तथा रामबस्तीका २ सय ७ वटा घरपरिवारलाई चामल २५ किलो, खाने तेल २ लिटर, दाल मसुरी २ किलो, नुन २ किलो, नुहाउने साबुन ४ थान सामग्री लगायत सामग्रीहरु वितरण गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका टिम लिडर बिनोदानन्द चौधरीले जानकारी दिए ।
- कार्यक्रममा शम्भुनाथ नगरपालिकाका उपमेयर कविता कुमारी सरदार, वडा नम्बर ११ का अध्यक्ष शम्भु चौधरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका अध्यक्ष सुखीलाल चौधरी लगायतले राहत बितरण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया