दैनिक समाचारदाता
जनकपुरधाम, १७ असार ।
जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्याको दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह र मनक लामालाई मंगलबार जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साहलाई योजनाकार र मनक लामालाई सिंघानियाको हत्या गर्न गोली चलाएको दोषि ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
जनकपुर क्षेत्रबाट दुई पटक निर्वाचित र तत्कालीन फोरम लोकतान्त्रिकबाट भौतिक पूर्वाधार राज्यमन्त्री बनेका साह ६ बर्षदेखि पुर्पक्षका लागि थुनामै छन् ।
सिंघानिया हत्या आरोपमा पक्राउ परेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको छ । यस्तै रामविनोद यादवलाई ३ बर्ष कैद सुनाइएको छ । ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ ।
२०६६ साल फागुन १७ गते होली पर्वकै दिन जनकपुरको शिव चोकमा सिंघानियाँको गोली हानेर हत्या गरिएको थियो । उनको हत्या आरोपमा प्रहरीले पूर्वमन्त्री साहसहित रामविनोद यादव, अन्सी राइन, योगेन्द्र सहनी, मनक लामा, ओमप्रकाश यादव, मुकेश चौधरी र रामकरण यादवलाई पक्राउ गरेको थियो ।
पूर्वराज्यमन्त्री साहलाई यसअघि नै जनकपुर बम विष्फोट मुद्दामा जन्मकैद फैसला सुनाइसकिएको छ । सात बर्षअघि सात जनाको ज्यान जाने गरी जनकपुरमा भएको बम विष्फोट घटनाका योजनाकार भएको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद फैसला सुनाएपछि उनी कारागारै जीवन बिताइरहेका छन् ।
जिल्ला अदालतले १४ चैतमा पूर्वमन्त्री साह, मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महल १३ को ४ को १५ बमोजिम ज्यान मार्ने उद्योगमा जन्म कैद र ज्यान मार्ने उद्योगमा १२ बर्षको कैद सजाय सुनाएको थियो । मिथिला राज्यको माग गर्दै जनकपुरको रमानन्द चोकमा धर्ना बसेको स्थलमै १८ वैशाख ०६९ मा बम विस्फोट भएको थियो ।
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
सारांश
- न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साहलाई योजनाकार र मनक लामालाई सिंघानियाको हत्या गर्न गोली चलाएको दोषि ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
- जनकपुर क्षेत्रबाट दुई पटक निर्वाचित र तत्कालीन फोरम लोकतान्त्रिकबाट भौतिक पूर्वाधार राज्यमन्त्री बनेका साह ६ बर्षदेखि पुर्पक्षका लागि थुनामै छन् ।
- सिंघानिया हत्या आरोपमा पक्राउ परेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया