माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल

राजविराज राजविराज
|
मंगलबार, आषाढ १४, २०७९
|
|
७४ पटक हेरिएको
Shares
माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल

सारांश

  •     सप्तरी जिल्ला इन्चार्ज अशोक कुमार मण्डल (अमर) ले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै सो जानकारी गराएका हुन् ।
  •       केन्द्रिय सदस्य समेत रहेका इन्चार्ज मण्डलले विज्ञप्तिमार्फत अध्यक्ष पद रिक्त नै रहेकाले सत्तारुढ दलका गठबन्धनमा रहेका अन्य दललाई समेत कुनै बैठक वा छलफल गर्नुपरे सोझै जिल्ला इन्चार्जको हैसियतमा रहेको आफूसँग समन्वय र छलफल गर्न अनुरोध गरेका छन् ।
  •       हालै सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा आफूलाई नेकपा (माओवादी केन्द्र) को अध्यक्ष भनेर पार्टीभित्र कुनै छलफल नै नगरि एक व्यक्तिले एकलौटी ढंगले उम्मेदवारी घोषणा गर्न लगाएको, गठबन्धनको नीति र सहमति विपरित काम गरेको र निर्वाचन परिणाम आएपछि सत्तारुढ गठबन्धन भित्रका दलहरुको नेतृत्वप्रति सामाजिक संजालमार्फत अभद्र टिकाटिप्पणी र गालीगलौज जस्ता अमर्यादित क्रियाकलापप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जारि विज्ञप्तिमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १४ असार । 
    नेकपा (माओवादी केन्द्र) सप्तरीमा हाल कोही पनि अध्यक्ष नरहेको सो पार्टीले जनाएको छ । 
    सप्तरी जिल्ला इन्चार्ज अशोक कुमार मण्डल (अमर) ले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै सो जानकारी गराएका हुन् । 
    केन्द्रिय सदस्य समेत रहेका इन्चार्ज मण्डलले विज्ञप्तिमार्फत अध्यक्ष पद रिक्त नै रहेकाले सत्तारुढ दलका गठबन्धनमा रहेका अन्य दललाई समेत कुनै बैठक वा छलफल गर्नुपरे सोझै जिल्ला इन्चार्जको हैसियतमा रहेको आफूसँग समन्वय र छलफल गर्न अनुरोध गरेका छन् । 
    हालै सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा आफूलाई नेकपा (माओवादी केन्द्र) को अध्यक्ष भनेर पार्टीभित्र कुनै छलफल नै नगरि एक व्यक्तिले एकलौटी ढंगले उम्मेदवारी घोषणा गर्न लगाएको, गठबन्धनको नीति र सहमति विपरित काम गरेको र निर्वाचन परिणाम आएपछि सत्तारुढ गठबन्धन भित्रका दलहरुको नेतृत्वप्रति सामाजिक संजालमार्फत अभद्र टिकाटिप्पणी र गालीगलौज जस्ता अमर्यादित क्रियाकलापप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जारि विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुला रुपमा सेनेटेरी प्याड वितरण 
खुला रुपमा सेनेटेरी प्याड वितरण 
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण
दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता 
गजेन्द्र बाबुको पुण्यतिथिमा क्रिकेट प्रतियोगिता 
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन