छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
६८ पटक हेरिएको
Shares
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि  पाएनन् तलब, जेष्ठ नागरिक समेत  सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित

सारांश

  • दसैँ अन्तर्गत महाअष्टमीका दिनसमेत तलब र सामाजिक सुरक्षा भत्ताको प्रतीक्षामा बस्नुपर्ने अवस्था आएपछि गाउँपालिकाको बजेट व्यवस्थापन र प्रशासनिक कार्यसम्पादनमाथि प्रश्न उठेको छ ।
  • गाउँपालिकाले आर्थिक वर्षको सुरुवातमै गाउँसभा गरे पनि जनप्रतिनिधिबीच बजेट तथा विकास योजनाको बाँडफाँडमा सहमति जुट्न नसक्दा सभा आवश्यक प्रक्रिया पूरा गरी निष्कर्षमा पुग्न नसकेको हो ।
  • बजेट तथा योजना छनोटमा सहमति नजुट्दा गाउँपालिकाको वार्षिक कार्यक्रम र बजेट पारित गर्ने प्रक्रिया प्रभावित भएको छ ।
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक । 
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारीहरुले दशैंमा तलब पाएनन् भने ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता समेत उपलब्ध हुन सकेन् ।
दसैँ अन्तर्गत महाअष्टमीका दिनसमेत तलब र सामाजिक सुरक्षा भत्ताको प्रतीक्षामा बस्नुपर्ने अवस्था आएपछि गाउँपालिकाको बजेट व्यवस्थापन र प्रशासनिक कार्यसम्पादनमाथि प्रश्न उठेको छ ।
गाउँपालिकाले आर्थिक वर्षको सुरुवातमै गाउँसभा गरे पनि जनप्रतिनिधिबीच बजेट तथा विकास योजनाको बाँडफाँडमा सहमति जुट्न नसक्दा सभा आवश्यक प्रक्रिया पूरा गरी निष्कर्षमा पुग्न नसकेको हो । बजेट तथा योजना छनोटमा सहमति नजुट्दा गाउँपालिकाको वार्षिक कार्यक्रम र बजेट पारित गर्ने प्रक्रिया प्रभावित भएको छ ।
गाउँपालिकाका एक कर्मचारीका अनुसार पालिकाका सम्पूर्ण कर्मचारीले साउन महिनादेखिकै तलब पाउन सकेका छैनन् । त्यस्तै, गाउँसभा तथा बजेटसम्बन्धी प्रक्रिया पूरा हुन नसक्दा ज्येष्ठ नागरिक, एकल महिलालगायत लाभग्राहीले सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्न नसकेको उनले बताए ।
श्रोतका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर जनप्रतिनिधिहरूबीच बजेट तथा योजना छनोटमा स्वार्थको टकराव भएको छ । विकास योजनाको बाँडफाँडमा सहमति नजुट्नु बजेट पारित गर्न ढिलाइ हुनुको एउटा कारण हो । यद्यपि, बजेट निर्माणमा कमिसनको स्वार्थ जोडिएको भन्ने आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
यस विषयमा गाउँपालिकाका अध्यक्ष विद्ययानन्द चौधरीसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?