मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट 

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २८, २०७९
|
|
२९ पटक हेरिएको
Shares
मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट 

सारांश

  •     अभियानका क्रममा आइतबार प्रदेश सरकारका तर्फबाट सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो ।
  •       राजविराजस्थित केअ माविमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले ज्यामेट्रिक बक्स, स्कुल ब्यागसहित शैक्षिक किट बितरण गरे ।
  •       जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरि कक्षा ९ का विद्यार्थी संख्याको अनुपातमा यस्ता सामाग्रि बितरण गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 

    मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रदेश भरिका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट प्रदान गरिदै छ । 
    अभियानका क्रममा आइतबार प्रदेश सरकारका तर्फबाट सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरिएको हो । 
    राजविराजस्थित केअ माविमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले ज्यामेट्रिक बक्स, स्कुल ब्यागसहित शैक्षिक किट बितरण गरे । 
    जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरि कक्षा ९ का विद्यार्थी संख्याको अनुपातमा यस्ता सामाग्रि बितरण गरिएको हो । जिल्लाका ११ हजार ७ सय ४४ छात्रछात्राले यी शैक्षिक कीट पाउने भएका छन् । 
    आयोजित समारोहमा मन्त्री यादवले शिक्षाको स्तर उकास्नका लागि शिक्षक स्वयले अनुशाषित बन्नु पर्नेमा जोड दिदै शिक्षकका लागि निर्धारित गरिएको पोशाक लगाएर मात्र विद्यालय जान आग्रह गरे । उनले व्यवाहरिक शिक्षाका साथै मातृ भाषामा समेत शिक्षा प्रदान गर्न शिक्षकहरुलाई सुझाव दिए । प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रधानाध्यापकहरुले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने मन्त्री यादवले जोड दिए । 
    मधेश प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐतिहासिक भगवती मन्दिर र पोखरीको रुप फेर्दै
ऐतिहासिक भगवती मन्दिर र पोखरीको रुप फेर्दै
प्रहरीद्वारा आगलागि बारे  जनचेतामूलक कार्यक्रमहरु संचालन
प्रहरीद्वारा आगलागि बारे  जनचेतामूलक कार्यक्रमहरु संचालन
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
हरुवा चरुवा र विद्यालय बाहिर रहेका बालबालिकाले पाए शैक्षिक सामाग्रि
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ