विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु

राजविराज राजविराज
|
सोमबार, पौष ५, २०७८
|
|
२१ पटक हेरिएको
Shares
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु

सारांश

  •     निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो अवतरण गरेको बुद्ध एयरको विमानले थप तीन घण्टा यात्रुलाई कुराएर राजविराज विमानस्थलबाट फिर्ता पठाइदिएको हो ।
  •       काठमाडौंका लागि १२ बजे विमान चढ्न समय दिएको भएपनि सोमबार दिउँसो २ः५० मा मात्र काठमाडौंबाट आएको बुद्ध एयर राजविराज विमानस्थलमा अवतरण गरेको थियो ।
  •       काठमाडौंका लागि यात्रुहरु चढाइसकेपछि उडान भर्ने तयारीमा रहेको सो विमानमा केही प्राविधिक समस्या आएको छ भन्दै मरमतमा केही समय लाग्ने विमानका कर्मचारीहरुद्वारा आफूहरुलाई जानकारी गराइएको यात्रुहरुले बताए ।

दैनिक समाचारदाता
राजविराज, ५ पुस । 
    बुद्ध एयरको विमानमा आएको प्राविधिक समस्याका कारण सोमबार राजविराजबाट काठमाडौंका लागि टिकट काटेर तयारी अवस्थामा बसेका ४९ जना यात्रु निरास भई फर्केका छन् ।
    निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो अवतरण गरेको बुद्ध एयरको विमानले थप तीन घण्टा यात्रुलाई कुराएर राजविराज विमानस्थलबाट फिर्ता पठाइदिएको हो । 
    काठमाडौंका लागि १२ बजे विमान चढ्न समय दिएको भएपनि सोमबार दिउँसो २ः५० मा मात्र काठमाडौंबाट आएको बुद्ध एयर राजविराज विमानस्थलमा अवतरण गरेको थियो । 
    काठमाडौंका लागि यात्रुहरु चढाइसकेपछि उडान भर्ने तयारीमा रहेको सो विमानमा केही प्राविधिक समस्या आएको छ भन्दै मरमतमा केही समय लाग्ने विमानका कर्मचारीहरुद्वारा आफूहरुलाई जानकारी गराइएको यात्रुहरुले बताए ।
    काठमाडौंबाटै प्राविधिक टिम मगाउनु पर्ने भन्दै बुद्ध एयरको अर्को सानो जहाजबाट प्राविधिकको टोलीलाई झिकाइएको भएपनि रात्री उडान भर्न अनुमति नरहेको भन्दै साँझ ६ बजेतिर सबै यात्रुलाई फिर्ता पठाइएको उदयपुरबाट आएकी एक यात्रुले बताइन् । 
    बुद्ध एयर राजविराज शाखाका स्टेशन म्यानेजर अनिल राजवंशीले विमान मरमतको काममा समय लाग्ने भएकाले सोमबार फिर्ता पठाइएका यात्रुहरुको मंगलबार बिहान ८ बजे उडान हुने तयारी भइरहेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
अपहरण पछि हत्या गरिएको घटनाका  अभियुक्त ११ वर्ष पछि पक्राउ
अपहरण पछि हत्या गरिएको घटनाका अभियुक्त ११ वर्ष पछि पक्राउ
दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन
दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 
बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 
बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 
राजबिराज वडा नं. ४ को कार्यालय भवन शिलान्यास
राजबिराज वडा नं. ४ को कार्यालय भवन शिलान्यास
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
चोरी भएको बस महोत्तरीमा फेला प¥यो 
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो