आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति

राजविराज राजविराज
|
मंगलबार, चैत्र ५, २०८१
|
|
८० पटक हेरिएको
Shares
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति

सारांश

  •     बिजुलीको तार सर्ट भई लागेको आगोले स्थानीय चार जनाको ५ घर जलेर नष्ट हुँदा १८ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       आगलागिमा स्थानीय देवनारायण पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको दुई वटा घर र घर भित्र रहेको लत्ताकपडा खाद्यान्य, फर्निचर, भाडाबर्तन, दुई थान मोवाईल, दुई थान पंखा, बिजुलीको मिटर, तथा सुनचाँदीका गरगहना जलेर पुर्ण रुपमा क्षती हुँदा ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       त्यस्तै आगोले रामेश्वर पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको घर र घर भित्र रहेको लत्ताकपडा खाद्यान्य, फर्निचर, भाडाबरतन, दुई थान पंखा, बिजुलीको मिटर थान, सुनचाँदीका गरहगना, दुई वटा खसी समेत जल्दा ७ लाख बरारबको क्षति भएको छ ।

दैनिक समाचारदाता
रावजविराज, ५ चैत । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ४ लालापट्टीमा मंगलबार बिहान ४ बजेतिर आगलागि हुँदा ५ घर जलेर नष्ट भएको छ । आगलागिमा सुनचाँदीका गरहगनासहित दुई वटा खसी समेत जलेर मरेका छन् । 
    बिजुलीको तार सर्ट भई लागेको आगोले स्थानीय चार जनाको ५ घर जलेर नष्ट हुँदा १८ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    आगलागिमा स्थानीय देवनारायण पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको दुई वटा घर र घर भित्र रहेको लत्ताकपडा खाद्यान्य, फर्निचर, भाडाबर्तन, दुई थान मोवाईल, दुई थान पंखा, बिजुलीको मिटर, तथा सुनचाँदीका गरगहना जलेर पुर्ण रुपमा क्षती हुँदा ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    त्यस्तै आगोले रामेश्वर पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको घर र घर भित्र रहेको लत्ताकपडा खाद्यान्य, फर्निचर, भाडाबरतन, दुई थान पंखा, बिजुलीको मिटर थान, सुनचाँदीका गरहगना, दुई वटा खसी समेत जल्दा ७ लाख बरारबको क्षति भएको छ । त्यस्तै आगोमा जलि एक वटा भैसी, २ वटा पाडी घाइते भएका छन् ।  
    यसैगरि छिमेकी धनराज पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको घर, गाईगोठ, भान्सा घर तथा घर भित्र रहेको लत्ताकपडा, खाद्यान्य, फर्निचर, भाडाबरतन जलेर पुर्ण रुपमा क्षती हुँदा ३ लाख बराबरको क्षति भएको छ ।
    यस्तै जुगेश्वर पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको घर, गाईगोठ जलेर क्षति हुँदा एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    आगोमाथी स्थानिय तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा एक घण्टा पश्चात् नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    अघिल्लो दिन सोमवार दिउँसो राजविराज नगरपालिका ६ मा भएको आगलागीमा एक फर्निचर उद्योग र तीन वटा घर जलेर नस्ट हुदाँ १४ लाख बराबरको क्षति भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी