दैनिक समाचारदाता
रावजविराज, ५ चैत ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ४ लालापट्टीमा मंगलबार बिहान ४ बजेतिर आगलागि हुँदा ५ घर जलेर नष्ट भएको छ । आगलागिमा सुनचाँदीका गरहगनासहित दुई वटा खसी समेत जलेर मरेका छन् ।
बिजुलीको तार सर्ट भई लागेको आगोले स्थानीय चार जनाको ५ घर जलेर नष्ट हुँदा १८ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागिमा स्थानीय देवनारायण पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको दुई वटा घर र घर भित्र रहेको लत्ताकपडा खाद्यान्य, फर्निचर, भाडाबर्तन, दुई थान मोवाईल, दुई थान पंखा, बिजुलीको मिटर, तथा सुनचाँदीका गरगहना जलेर पुर्ण रुपमा क्षती हुँदा ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै आगोले रामेश्वर पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको घर र घर भित्र रहेको लत्ताकपडा खाद्यान्य, फर्निचर, भाडाबरतन, दुई थान पंखा, बिजुलीको मिटर थान, सुनचाँदीका गरहगना, दुई वटा खसी समेत जल्दा ७ लाख बरारबको क्षति भएको छ । त्यस्तै आगोमा जलि एक वटा भैसी, २ वटा पाडी घाइते भएका छन् ।
यसैगरि छिमेकी धनराज पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको घर, गाईगोठ, भान्सा घर तथा घर भित्र रहेको लत्ताकपडा, खाद्यान्य, फर्निचर, भाडाबरतन जलेर पुर्ण रुपमा क्षती हुँदा ३ लाख बराबरको क्षति भएको छ ।
यस्तै जुगेश्वर पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको घर, गाईगोठ जलेर क्षति हुँदा एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगोमाथी स्थानिय तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा एक घण्टा पश्चात् नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अघिल्लो दिन सोमवार दिउँसो राजविराज नगरपालिका ६ मा भएको आगलागीमा एक फर्निचर उद्योग र तीन वटा घर जलेर नस्ट हुदाँ १४ लाख बराबरको क्षति भएको थियो ।
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
सारांश
- बिजुलीको तार सर्ट भई लागेको आगोले स्थानीय चार जनाको ५ घर जलेर नष्ट हुँदा १८ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- आगलागिमा स्थानीय देवनारायण पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको दुई वटा घर र घर भित्र रहेको लत्ताकपडा खाद्यान्य, फर्निचर, भाडाबर्तन, दुई थान मोवाईल, दुई थान पंखा, बिजुलीको मिटर, तथा सुनचाँदीका गरगहना जलेर पुर्ण रुपमा क्षती हुँदा ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- त्यस्तै आगोले रामेश्वर पण्डितको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको घर र घर भित्र रहेको लत्ताकपडा खाद्यान्य, फर्निचर, भाडाबरतन, दुई थान पंखा, बिजुलीको मिटर थान, सुनचाँदीका गरहगना, दुई वटा खसी समेत जल्दा ७ लाख बरारबको क्षति भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया