दैनिक समाचारदाता
काठमाडौं, २ असोज ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले मानव अधिकारको रक्षा र प्रवद्र्धनका लागि स्थानीय तहले नीति निर्माण र कार्यान्वयनमा जोड दिएका छन् ।
एम्नेस्टी इन्टरनेशनल नेपालले आईतबार बुटवलमा आयोजना गरेको मानव अधिकार शिक्षा तथा परिवर्तन अभिमूखिकरण कार्यक्रममा बोल्दै उनले मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा उनले एम्नेस्टी अभियान्तासंग आफूपनि सँगसँगै रहेको बताउँदै मानिसको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने र मानवअधिकार संरक्षणमा आफूपनि सँगसँगै रहेको उल्लेख गरे ।
मावनअधिकारको रक्षाको लागि स्थानीय सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै मानव अधिकारमैत्री नीति निर्माण र त्यसको कार्यान्वयनमा उनले जोड दिनुुभयो ।
एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकारको क्षेत्रमा एम्नेस्टीले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै संस्थागत सुधार तथा सुशासनको विषयमा जानकारी गराएका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा एम्नेस्टीले खेलेको भूमिकाको प्रशंसा गर्दै अभियानलाई अझै ससक्त बनाउन पनि सुझाव दिए ।
एम्नेस्टी नेपालका पूर्व अध्यक्ष राजन कुइकेलले एम्नेस्टी नेपालको मानव अधिकार आन्दोलनको जेठो संस्था रहेको बताउँदै संक्रणकालिन न्यायको सन्दर्भमा यसले अनवरत काम गरेको उल्लेख गरे । उनले मानव अधिकारको रक्षा र पैरवीको लागि राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय दवाव सिर्जना गर्ने जानकारी गराए ।
एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले मानवअधिकारको सवालमा विश्वव्यापी रुपमा भईरहेको परिवर्तनले मानव अधिकारमा पार्ने प्रभाव र एम्नेस्टीले खेल्ने भूमिकाका बारेमा प्रकाश गरे ।
कार्यक्रममा एम्नेस्टी नेपालकी रणनीति तर्जुमा समितिकी संयोजक पार्वता आचार्य, एम्नेष्टी नेपालका कोषाध्यक्ष रोशन बजगाँई, बोर्ड सदस्य देवेन्द्र सेजुवाल लगायतले मानव अधिकार र एम्नेस्टीले गर्ने कामहरुको बारेमा प्रकाश पारेका थिए ।
एम्नेस्टी मानवअधिकारको प्रवद्र्धनको लागि विश्वव्यापी सञ्जाल हो । मावन अधिकारको रक्षा, प्रवद्र्धन र पैरवीका लागि यसले काम गर्दै आएको छ ।
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता
सारांश
- एम्नेस्टी इन्टरनेशनल नेपालले आईतबार बुटवलमा आयोजना गरेको मानव अधिकार शिक्षा तथा परिवर्तन अभिमूखिकरण कार्यक्रममा बोल्दै उनले मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
- कार्यक्रममा उनले एम्नेस्टी अभियान्तासंग आफूपनि सँगसँगै रहेको बताउँदै मानिसको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने र मानवअधिकार संरक्षणमा आफूपनि सँगसँगै रहेको उल्लेख गरे ।
- मावनअधिकारको रक्षाको लागि स्थानीय सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै मानव अधिकारमैत्री नीति निर्माण र त्यसको कार्यान्वयनमा उनले जोड दिनुुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया