दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
सप्तरीको रुपनीमा विहीवार मध्यराती भएको मोटरसाईकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने दुर्घटनामा उनका श्रीमान् गम्भिर घाईते भएका छन् ।
रुपनीबाट राजविराजतर्फ आउने क्रममा राजविराज रुपनी सडकखण्डस्थित विधुत प्राधिकरण वितरण शाखा नजिकै स.४प. ५७६० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइलमा सवार रुपनी गाउँपालिका ३ कटैया निवासी ४० वर्षिया शिलावती मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भिर चोट लागेका उनको स्थानीय युनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा मोटरसाईकल चालक ४९ वर्षिय उनका श्रीमान् हरेराम मुखिया गम्भिर घाइते भएका छन् । उनको स्थानीय गजेन्द्रनारायण सिह अस्पतामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार ंिसहका अनुसार मोटरसाईकल दुर्घटनाको कारण खुल्न सकेको छैन ।
मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान गम्भिर
सारांश
- रुपनीबाट राजविराजतर्फ आउने क्रममा राजविराज रुपनी सडकखण्डस्थित विधुत प्राधिकरण वितरण शाखा नजिकै स.
- ४प.
- ५७६० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइलमा सवार रुपनी गाउँपालिका ३ कटैया निवासी ४० वर्षिया शिलावती मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया