वडा सदस्यको निधनमा शोक विदा

राजविराज राजविराज
|
बुधबार, चैत्र २१, २०८०
|
|
४५ पटक हेरिएको
Shares
वडा सदस्यको निधनमा शोक विदा

सारांश

  •     लामो समयदेखि बिरामी रहेका ७० वर्षिय रायको विराटनगरस्थित विराट टिचिंग अस्पतालमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो ।
  •       वडा सदस्य रायको निधनप्रति गहिरो दुःख प्रकट गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन् ।
  •       न्यायिक समितिमा रही निजले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।

    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्र प्रसाद राय अमातको निधन भएको छ । 
    लामो समयदेखि बिरामी रहेका ७० वर्षिय रायको विराटनगरस्थित विराट टिचिंग अस्पतालमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो । 
    वडा सदस्य रायको निधनप्रति गहिरो दुःख प्रकट गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन् ।  
    न्यायिक समितिमा रही निजले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको भन्दै अध्यक्ष मण्डलले शोक विज्ञप्ति जारी गरी रायको निधनले अपूरणीय क्षति भएको जनाएका छन् । गाउँपालिका तथा मातहतका कार्यालयहरु अति आवश्यक सेवा बाहेक बुधबार एक दिनका लागि बन्द गरिएको छ ।  
    दिवंगत रायको दुई छोरा, दुई छोरी र श्रीमति छन् । दुवै छोरा विदेशमा रहेको र आएपछि मात्रै सदगत गरिने वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम 
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम 
चोरी भएको स्कारपियो भारतमा फेला
चोरी भएको स्कारपियो भारतमा फेला
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
दुर्घटनामा दुई जनाको मृत्यु 
दुर्घटनामा दुई जनाको मृत्यु 
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ
धनुषाको महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार सप्तरीबाट पक्राउ
नव नियुक्त खेलकुदका कार्यालय प्रमुखलाई सम्मान तथा शुभकामना
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
दुई बयोबृद्ध नेताद्वारा जसपा परित्याग
दुई बयोबृद्ध नेताद्वारा जसपा परित्याग
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै