दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
सप्तरीका एक कोरोना संक्रमितको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको बोदेबरसाइन नगरपालिका १० निवासी ६० वर्षिय पुरुषको बिराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
यसैबीच कोरोना संक्रमितहरु बढ्दै जाँदा त्यसको रोकथाम र नियन्त्रणका लागि आइतबारदेखी सप्तरीका सहरी क्षेत्रमा निषेधाज्ञा जारि गरिएको छ ।
निषेधाज्ञाका कारण आइतबार जिल्लाका ती क्षेत्रहरुमा पूर्ण रुपमा यातायातका साधन चलेनन् भने मानिसहरुको चहलपहल लगभग शुन्य रहेको छ । यस्तै पसलहरु बन्द गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार सम्पन्न बैठकले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारि रहने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला सदरमुकाम राजविराजसहित फत्तेपुर, कंचनपुर, बरमझिया, भारदह, हनुमाननगर, रुपनी, कठौना, कल्याणपुर, पातो, तोपा, महुली, बिरेन्द्र बजार, खरचुहिया, विष्णुपुर, छिन्नमस्ता, जिरिया हटिया, मंसापुर, पत्थरगाडा र बोदेबरसाइन लगायतका बजारहरुमा निषेधाज्ञा जारि गरिएको जनाइएको छ ।
हाल जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
एक संक्रमितको मृत्यु, सहरी क्षेत्रमा निषेधाज्ञा
सारांश
- जिल्लाको बोदेबरसाइन नगरपालिका १० निवासी ६० वर्षिय पुरुषको बिराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
- यसैबीच कोरोना संक्रमितहरु बढ्दै जाँदा त्यसको रोकथाम र नियन्त्रणका लागि आइतबारदेखी सप्तरीका सहरी क्षेत्रमा निषेधाज्ञा जारि गरिएको छ ।
- निषेधाज्ञाका कारण आइतबार जिल्लाका ती क्षेत्रहरुमा पूर्ण रुपमा यातायातका साधन चलेनन् भने मानिसहरुको चहलपहल लगभग शुन्य रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया