संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा

राजविराज राजविराज
|
सोमबार, बैशाख २३, २०७६
|
|
७५ पटक हेरिएको
Shares
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा

सारांश

  •     दुबै पार्टीको एकीकरण पश्चात् नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ ।
  •     प्रज्ञा भवन कमलादीमा आयोजित समारोहमा एकता घोषणा पत्रमा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराइले हस्ताक्षर गरेका छन् ।
  •     घोषणापत्रमा संघीय समाजवादी र नयाँ शक्ति दुवै पार्टी विघटन गरिएको उल्लेख छ ।

दैनिक समाचारदाता
काठमाडौं, २३ बैशाख । 
    संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच सोमाबार काठमाडौंमा एकीकरण घोषणा भएको छ । 
    दुबै पार्टीको एकीकरण पश्चात् नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ ।
    प्रज्ञा भवन कमलादीमा आयोजित समारोहमा एकता घोषणा पत्रमा फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराइले हस्ताक्षर गरेका छन् ।
    घोषणापत्रमा संघीय समाजवादी र नयाँ शक्ति दुवै पार्टी विघटन गरिएको उल्लेख छ । समाजवादी पार्टीले पूर्ण समानुपातिक समावेशी संसदीय प्रणालीको वकालत गर्ने भएको छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन हुनुपर्ने मान्यता अघि सारेको छ ।
    लामो समयदेखि छलफलमा रहेका दुई पार्टीबीच गएको शनिबार एकीकरणको सहमति जुटेको थियो । नयाँ बन्ने पार्टीमा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक भट्टराई संघीय परिषद्को अध्यक्ष र तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष यादव केन्द्रीय समिति अध्यक्ष बन्ने सहमति भएको छ । अन्य पार्टीलाई पनि एकताका लागि समाजवादी पार्टीले अपिल गरेको छ ।
    दुबै पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालमा २५ जना पदाधिकारी घोषणा भएको छ । आयोजित एकता कार्यक्रममा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा भएको हो ।
    पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।
    यस्तै उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।
    महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् । त्यस्तै उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न 
बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न 
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा 
मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा  आधारित प्रदेश ः मन्त्री साह
मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा  आधारित प्रदेश ः मन्त्री साह
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
दुई एकल महिलालाई टुकी फाउण्डेशनद्वारा  शौचालयसहितको घर निर्माण
दुई एकल महिलालाई टुकी फाउण्डेशनद्वारा  शौचालयसहितको घर निर्माण
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी,  आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट