दुई एकल महिलालाई टुकी फाउण्डेशनद्वारा  शौचालयसहितको घर निर्माण

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २२, २०८०
|
|
३३ पटक हेरिएको
Shares
दुई एकल महिलालाई टुकी फाउण्डेशनद्वारा  शौचालयसहितको घर निर्माण

सारांश

  •     फाउण्डेशनकी कोडिनेटर सुनिता साहले बिहीबार राजविराजमा आयोजित सामाजिक लेखा परिक्षण सार्वजनिक कार्यक्रममा सो जानकारी दिएकी हुन् ।
  •       आयोजित कार्यक्रममा फाउण्डेशनकी कोडिनेटरसमेत रहेकी महिला सचेतना समाजका अध्यक्ष साहले समाजमा अपहेलित, दिनदुखी, असहाय एकल महिलाको आवास निर्माणको साथै आत्मनिर्भरको लागी बाख्रा पालनबाट आय आर्जनमा मदत पुग्ने बिश्वास ब्यक्त गर्दै अगामी दिनमा अरु एकल महिलालाई समेटन टुकी फाउण्डेशनकलाई आग्रह गरिन् ।
  •       टुकी फाउण्डेशनकी सावित्री रजाईलीले राजविराज नगरपालिका भित्र दुई जना एकल महिला, गरिब, असहाय, दिनदुखीलाई शौचालयसहित घर निर्माण र ३÷३ वटा बाख्रा हस्तान्तरणमा २५ लाख ५६ हजार ७ सय ५८ रुपैयाँ लागत लागेको कार्यक्रममा जानकारी दिएकी छिन् ।

दैनिक समाचारदता
राजविराज, २२ भदौ । 

    टुकी फाउण्डेशनद्वारा राजविराजकी दुई एकल महिलाका लागि शौचालयसहितको चार कोठे घर निर्माण गरिएको छ । 
    फाउण्डेशनकी कोडिनेटर सुनिता साहले बिहीबार राजविराजमा आयोजित सामाजिक लेखा परिक्षण सार्वजनिक कार्यक्रममा सो जानकारी दिएकी हुन् । 
    आयोजित कार्यक्रममा फाउण्डेशनकी कोडिनेटरसमेत रहेकी महिला सचेतना समाजका अध्यक्ष साहले समाजमा अपहेलित, दिनदुखी, असहाय एकल महिलाको आवास निर्माणको साथै आत्मनिर्भरको लागी बाख्रा पालनबाट आय आर्जनमा मदत पुग्ने बिश्वास ब्यक्त गर्दै अगामी दिनमा अरु एकल महिलालाई समेटन टुकी फाउण्डेशनकलाई आग्रह गरिन् । 
    टुकी फाउण्डेशनकी सावित्री रजाईलीले राजविराज नगरपालिका भित्र दुई जना एकल महिला, गरिब, असहाय, दिनदुखीलाई शौचालयसहित घर निर्माण र ३÷३ वटा बाख्रा हस्तान्तरणमा २५ लाख ५६ हजार ७ सय ५८ रुपैयाँ लागत लागेको कार्यक्रममा जानकारी दिएकी छिन् । 
    उनका अनुसार राजविराज वडा नं. १४ का एकल महिला लडुवत्ति मण्डलको शौचालयसहित एक तल्ले चार कोठे निर्माण र ३ वटा बाख्रा वापत १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागत लागेको बताइन । 
    त्यस्तै राजविराज ९ का सकिना खातुनको शौचालयसहित एक तल्ले चार कोठे निर्माण र ३ वटा बाख्रा वापत १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागत लागेको उनले बताइन । 
    सो अवसरमा राजविराज नगरपालिका कार्यावाहक प्रमुख इसरत परविनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईजिनियरद्वय केवल दास, अशोककुमार दास, पशुपंक्षि शाखाका परमेश्वर यादव, टुकी फाउण्डेशनका शुष्मा श्रेष्ठ, रिता राई, घर धनीको तर्फबाट वविता मण्डल र सकिना खातुन लगायत आ–आफनो विचार ब्यक्त गरेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?