माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
३८ पटक हेरिएको
Shares
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै

सारांश

  •     मधेश प्रदेशको आठ वटै जिल्लाका हरवाचरवा दवाव दिन जनकपुरमा भेला हुन लागेका हुन् ।
  • शुक्रवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले सो जानकारी गराएका हुन् ।
  •       २०७९ साल साउन २ गते सरकारले हरवाचरवा प्रथाको मुक्तिको घोषणा गरेपनि व्यवहार र कार्यान्वयन पक्ष फितलो भएको भन्दै हरवाचरवा पुनः आन्दोलित भएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।

    हरवाचरवा प्रथा मुक्ति घोषणा भएको ९ महिना वितिसक्दा पनि सरकार कार्यान्वयन गर्न गम्भिर नदेखिएको भन्दै विभिन्न मागसहित हरवाचरवाहरु शनिबारदेखी पैदलै जनकपुरमा भेला हुने भएका छन् । 
    मधेश प्रदेशको आठ वटै जिल्लाका हरवाचरवा दवाव दिन जनकपुरमा भेला हुन लागेका हुन् । शुक्रवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले सो जानकारी गराएका हुन् । 
    २०७९ साल साउन २ गते सरकारले हरवाचरवा प्रथाको मुक्तिको घोषणा गरेपनि व्यवहार र कार्यान्वयन पक्ष फितलो भएको भन्दै हरवाचरवा पुनः आन्दोलित भएका हुन् । उनीहरुले मुक्त हरवाचरवाको रोजगारी, सामाजिक समावेशीकरणको सुनिश्चितता, जातीय छुवाछुत गर्नेलाई कडा कार्वाही, भूमिहीनलाई भुमि र हरवाचरवाको बैंक ऋण मिनाहा लगायतका मागहरु अघि सारेका छन् ।
    मुक्त हरवाचरवाको न्यायिक पुनः स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगार र समाजिक सुरक्षा हामंो अधिकार नाराका साथ राजविराज र विरगन्जबाट शनिवार बिहान ९ बजे एकैसाथ पैदल यात्रा शुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
    राजविराजबाट शुरु हुने हरवाचरवा अधिकार यात्रामा सप्तरी, सिराहा, महोत्तरी र धनुषाका १ हजार ५ सय हरवाचरवा अगुवा सहभागि हुने राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माले जानकरी दिए । 
    यस्तै विरगन्जबाट निस्कने अधिकार यात्रामा पर्साका साथै रौतहट, बारा र सर्लाहीका हरवाचरवाका अगुवाहरुको सहभागिता रहने जनाइएको छ ।
    जनकपुरमा भेला भएपछि आमसभा तथा प्रदेश सरकारलाई ज्ञापनपत्र र त्यस पश्चात् समिक्षा बैठक गरी थप दवावका लागि काठमाडौंसम्मको पैदल यात्राको कार्यक्रम तय गरिने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यात्रा चैत्र २९ गते जनकपुर पुग्ने अनुमानको साथ सोही अनुसारको तयारी गरिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेशियामा सप्तरीका प्रमोद भिनवारको मृत्यु
मलेशियामा सप्तरीका प्रमोद भिनवारको मृत्यु
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
राजबिराज वडा नं. ८ को नवनिर्मित भवन उद्घाटन, जेष्ठ नागरिक, एकल महिला तथा अपाङता भएका व्यक्ति सम्मानित
राजबिराज वडा नं. ८ को नवनिर्मित भवन उद्घाटन, जेष्ठ नागरिक, एकल महिला तथा अपाङता भएका व्यक्ति सम्मानित
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 
चन्दा नदिदा माइक्रो चालक र  सहचालकलाई कुटपिट गरि लुटपाट 
आइफोन र मोबाइलसहित युवक पक्राउ  
आइफोन र मोबाइलसहित युवक पक्राउ  
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु
पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु