दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
प्रदेश २ मा बालविवाह बढ्दै गएकोप्रति सोमबार राजविराजमा आयोजित एक कार्यक्रममा चिन्ता व्यक्त गरिएको छ ।
साथसाथ सिकाई समूहको आयोजना, शान्तिका लागि साझ अभियान (कोक्याप) र सेकडिहुरफको समन्वय तथा नेपाल मोनिटरको सहयोगमा सोमबार राजविराजमा आयोजित कार्यक्रममा सहभागिहरुले चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा कोक्यापकी कार्यक्रम अधिकृत अम्बिका पौडेलद्वारा प्रस्तुत प्रतिवेदनमा प्रदेश २ मा सबैभन्दा बढी बालविवाहको घटना भएको उल्लेख छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷७७ मा देशभर प्रहरीमा उजुरी दर्ता भएका बालविवाहका ६४ घटना छन् । जसमध्ये सर्वाधिक प्रदेश २ का १३ तथा लुम्बिनी प्रदेशमा ११, बागमति र कर्णालीमा ९÷९, प्रदेश १ मा ७ तथा गण्डकी र सुदुरपश्चिम प्रदेशमा ५÷५ वटा बालविवाह घटनाको उजुरी दर्ता भएका छन् ।
सोही कार्यक्रमका सहभागिले बालविवाह नगराउने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् । बालविवाह रोकथाममा नागरिकको भूमिका विषयक सो अन्तरसम्वादका प्रमुख अतिथि प्रदेश सभासदस्य गोबिन्द न्यौपानेले बालविवाह गर्दा र गराउँदा आर्थिक, मानसिक, सामाजिक, शारिरीक समस्या समेत हुने बताउँदै आफूले कानुनले तोकेको उमेर मूनीका केटाकेटीको विवाह नगराउने र अरुलाई पनि रोक्ने प्रतिबद्धता जनाए ।
कोक्यापकी राष्ट्रिय उपाध्यक्ष आभासेतु सिंहले उच्च शिक्षा नलिएसम्म र उमेर नपुेसम्म छोरीको विवाह गर्नु कानुन अपराध र छोरीसँग अन्याय हुने बताउँदै कतै बालविवाह भइरहेको जानकारी आए तुरुन्त सम्बन्धीत निकायमा खबर गर्न आग्रह गरिन् ।
बिन्दा पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, सेकडिहुरफका अध्यक्ष एवं अधिकारकर्मी जंगबहादुर सिंहलगायतले बालविवाह रोक्न सबैको सामूहिक प्रयासको खाँचो रहेको बताउँदै कतै बालविवाहको वकालत नगर्ने प्रतिबद्धता जनाए ।
प्रदेश २ मा बाल विवाहका घटना बढ्दो ः प्रतिवेदन
सारांश
- साथसाथ सिकाई समूहको आयोजना, शान्तिका लागि साझ अभियान (कोक्याप) र सेकडिहुरफको समन्वय तथा नेपाल मोनिटरको सहयोगमा सोमबार राजविराजमा आयोजित कार्यक्रममा सहभागिहरुले चिन्ता व्यक्त गरेका हुन् ।
- कार्यक्रममा कोक्यापकी कार्यक्रम अधिकृत अम्बिका पौडेलद्वारा प्रस्तुत प्रतिवेदनमा प्रदेश २ मा सबैभन्दा बढी बालविवाहको घटना भएको उल्लेख छ ।
- प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷७७ मा देशभर प्रहरीमा उजुरी दर्ता भएका बालविवाहका ६४ घटना छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया