जिसस प्रमुखसहित १८ जना  जनप्रतिनिधिले रोजे लोसपा

राजविराज राजविराज
|
बिहिबार, भाद्र १७, २०७८
|
|
३२ पटक हेरिएको
Shares
जिसस प्रमुखसहित १८ जना  जनप्रतिनिधिले रोजे लोसपा

सारांश

  •     निर्वाचन आयोगले भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने भनेपछि पूर्वराजपाबाट निर्वाचित जिसस प्रमुख प्रभाकर यादब सहित राजविराज नगरपालिकाका उपप्रमुख साधना झासहितका जनप्रतिनिधिले लोसपा रोजेका हुन् ।
  •       यस्तै बुधबार लोसपा रोजेका जनप्रतिनिधिहरुमा छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल, छिन्नमस्ता गाउपालिका वडा नं.
  • ७ का अध्यक्ष प्रमिला यादब, छिन्नमस्ता गाउपालिका वडा नं.

दैनिक समाचारदाता
राजबिराज, १६ भदौं ।  
    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा बुधवार जिल्ला समन्वय समिति सप्तरीका प्रमुखसहित १८ जना जनप्रतिनिधीहरुको  सनाखत गरेका छन् । 
    निर्वाचन आयोगले भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने भनेपछि पूर्वराजपाबाट निर्वाचित जिसस प्रमुख प्रभाकर यादब सहित राजविराज नगरपालिकाका उपप्रमुख साधना झासहितका जनप्रतिनिधिले लोसपा रोजेका हुन् । 
    यस्तै बुधबार लोसपा रोजेका जनप्रतिनिधिहरुमा छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल, छिन्नमस्ता गाउपालिका वडा नं. ७ का अध्यक्ष प्रमिला यादब, छिन्नमस्ता गाउपालिका वडा नं. १ का अध्यक्ष बिनोद यादब, वडा सदस्य उषा झालगायत रहेको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिएका छन् । 
    सनाखत गरिएपछि जिसस प्रमुख यादबले दलमा सनाखत गर्नका लागि निर्वाचन कार्यालयले भदौ २२ गते सम्म समय सीमा तोकेकोले पुर्व राजपावाट निर्वाचित सबै जनप्रतिनिधिहरू लोसपामा आउन बिश्वास ब्यक्त गरे ।
    सो अवसरमा लोसपाका नेता केशव झा, जय प्रकाश ठाकुर, दिनेश यादब, गजेन्द्र कुमार मण्डल, दिपेन्द्र चौधरी, महिला नेतृ पुनम यादब, बिनोद यादब, बिजय यादब, सुनिल झा, अमरनाथ मण्डल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
टेलिभिजन र प्रस्तोतालाई कारवाहीको माँग
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
तिम्ल्याहा बच्चाको जन्म 
तिम्ल्याहा बच्चाको जन्म 
सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
९ वर्षपछि महिला कुट्ने फरार प्रतिवादी पक्राउ
९ वर्षपछि महिला कुट्ने फरार प्रतिवादी पक्राउ
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना