वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
६६ पटक हेरिएको
Shares
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति

सारांश

  •     बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
  •       विज्ञप्तिमा उनले “समितिले आन्दोलन सुरु गरेपछी स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवालाको आग्रहमा भएको वार्ता मार्फत दुई सातामा समस्या समाधानको उपाय खोज्ने भनी त्यस अवधीभर आन्दोलन रोक्न गरिएको आग्रहलाई स्वीकार्दै आन्दोलन रोकिएको हो ।
  • ” उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।

    राजविराज नगरवासी पीडित संघर्ष समितिले बिटौरी तथा ब्लक जग्गाको समस्या समाधानका लागि सुरु भएको आन्दोलन स्थानीय प्रशसनको आग्रहमा दुई साताका लागि स्थगित भएपनि समस्या समाधान नभए पुनः संघर्षका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । 
    बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 
    विज्ञप्तिमा उनले “समितिले आन्दोलन सुरु गरेपछी स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवालाको आग्रहमा भएको वार्ता मार्फत दुई सातामा समस्या समाधानको उपाय खोज्ने भनी त्यस अवधीभर आन्दोलन रोक्न गरिएको आग्रहलाई स्वीकार्दै आन्दोलन रोकिएको हो ।” उल्लेख छ । 
    यसबीचमा भावी आन्दोलनका लागि वडा वडामा संघर्ष समितिको गठनको काम भइरहेको जानकारीका साथ विज्ञप्तिमा हालसम्म प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद दिइएको छ । 
    गत फागुन १८ गते आन्दोलन चर्किदै जाँदा राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले १५ दिनभित्र बिटौरी तथा ब्लक जग्गा लगायतका समस्या समाधानका लागि काम गर्ने भन्दै ९ सदस्यीय समिति गठन गरि तत्कालका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो । 
    २०१६ सालमै नगरपालिका घोषणा भएको राजविराज नगरको ६८ विगहा क्षेत्रफलमा बसोवास गर्दै आएका ५ हजार २ सय ३३ परिवार हालसम्म लालपूर्जा पाउन सकेका छैनन् । यसैब विषयलाई लिएर नगरवासीले संघर्ष समिति नै गठन गरि चरणबद्ध आन्दोलन थालेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी