दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
राजविराज नगरवासी पीडित संघर्ष समितिले बिटौरी तथा ब्लक जग्गाको समस्या समाधानका लागि सुरु भएको आन्दोलन स्थानीय प्रशसनको आग्रहमा दुई साताका लागि स्थगित भएपनि समस्या समाधान नभए पुनः संघर्षका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
विज्ञप्तिमा उनले “समितिले आन्दोलन सुरु गरेपछी स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवालाको आग्रहमा भएको वार्ता मार्फत दुई सातामा समस्या समाधानको उपाय खोज्ने भनी त्यस अवधीभर आन्दोलन रोक्न गरिएको आग्रहलाई स्वीकार्दै आन्दोलन रोकिएको हो ।” उल्लेख छ ।
यसबीचमा भावी आन्दोलनका लागि वडा वडामा संघर्ष समितिको गठनको काम भइरहेको जानकारीका साथ विज्ञप्तिमा हालसम्म प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद दिइएको छ ।
गत फागुन १८ गते आन्दोलन चर्किदै जाँदा राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले १५ दिनभित्र बिटौरी तथा ब्लक जग्गा लगायतका समस्या समाधानका लागि काम गर्ने भन्दै ९ सदस्यीय समिति गठन गरि तत्कालका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो ।
२०१६ सालमै नगरपालिका घोषणा भएको राजविराज नगरको ६८ विगहा क्षेत्रफलमा बसोवास गर्दै आएका ५ हजार २ सय ३३ परिवार हालसम्म लालपूर्जा पाउन सकेका छैनन् । यसैब विषयलाई लिएर नगरवासीले संघर्ष समिति नै गठन गरि चरणबद्ध आन्दोलन थालेका छन् ।
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
सारांश
- बिहीबार संघर्ष समितिका संयोजक इरसाद अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
- विज्ञप्तिमा उनले “समितिले आन्दोलन सुरु गरेपछी स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवालाको आग्रहमा भएको वार्ता मार्फत दुई सातामा समस्या समाधानको उपाय खोज्ने भनी त्यस अवधीभर आन्दोलन रोक्न गरिएको आग्रहलाई स्वीकार्दै आन्दोलन रोकिएको हो ।
- ” उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया