दैनिक समाचारदाता
राजविराज, २ माघ ।
सगरमाथा चौधरी आँखा अस्पताल उपचार केन्द्रमा १८ हजार आँखाका बिरामीहरुको उपचार भएको छ ।
राजविराज नगरपालिका वडा नं. ९ मलेठस्थित आँखा अस्पताल उपचार केन्द्रमा सन् २०२० को जनवरीदेखि डिसेम्बर सम्ममा झण्डै १८ हजार बिरामीको उपचार गरिएको कार्यालय प्रमुख रामकुमार झाले जानकारी दिएका छन् ।
कार्यालय प्रमुख झाका अनुसार उपचार सेवा पाएका मध्ये करिब २ हजार ३ सय ३१ जनामा मोतिया बिन्दुका बिरामी रहेका थिए । जसमध्ये १ हजार ७ सय ५२ जना भारतीय नागरिक समेतले उपचार पाएका छन् ।
कोभिड १९ का कारण सबै अस्पतालहरु बन्द भएको बेलामा पनि सधै संचालमा रहेको चौधरी आँखा अस्पतालमा दैनिक रुपमा स्वास्थ्य मापदण्ड अनुसार बिरामीको उपचार गरिएको प्रमुख झाको भनाई छ ।
तीस शैया रहेको अस्पतालमा हप्ताको प्रत्येक शुक्रबार मोतिया बिन्दुको शल्यक्रिया गर्ने गरिन्छ । साथै आँखाको बिरामी बढेको अवस्थामा हप्तामा दुई पटक पनि शल्यक्रिया गर्ने योजना रहेको प्रमुख झाले बताए ।
सन् २००२ मा स्थापना भएको आखा अस्पतालमा अहिले दैनिक रुपमा १ सय ५० देखि दुई सय सम्म आँखाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।
यता कोरोना माहामारीका कारण सरकारले भारतीय सीमा नाका बन्द गरेपछि उपचारका लागि अस्पताल आउने भारतीय बिरामीको संख्या यस बर्ष घटेको अस्पतालले जनाएको छ ।
आँखा उपचार केन्द्रमा १८ हजारको उपचार
सारांश
- राजविराज नगरपालिका वडा नं.
- ९ मलेठस्थित आँखा अस्पताल उपचार केन्द्रमा सन् २०२० को जनवरीदेखि डिसेम्बर सम्ममा झण्डै १८ हजार बिरामीको उपचार गरिएको कार्यालय प्रमुख रामकुमार झाले जानकारी दिएका छन् ।
- कार्यालय प्रमुख झाका अनुसार उपचार सेवा पाएका मध्ये करिब २ हजार ३ सय ३१ जनामा मोतिया बिन्दुका बिरामी रहेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया