आँखा उपचार केन्द्रमा १८ हजारको उपचार

राजविराज राजविराज
|
शुक्रबार, माघ २, २०७७
|
|
५८ पटक हेरिएको
Shares
आँखा उपचार केन्द्रमा १८ हजारको उपचार

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • ९ मलेठस्थित आँखा अस्पताल उपचार केन्द्रमा सन् २०२० को जनवरीदेखि डिसेम्बर सम्ममा झण्डै १८ हजार बिरामीको उपचार गरिएको कार्यालय प्रमुख रामकुमार झाले जानकारी दिएका छन् ।
  •       कार्यालय प्रमुख झाका अनुसार उपचार सेवा पाएका मध्ये करिब २ हजार ३ सय ३१ जनामा मोतिया बिन्दुका बिरामी रहेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २ माघ । 
    सगरमाथा चौधरी आँखा अस्पताल उपचार केन्द्रमा १८ हजार आँखाका बिरामीहरुको उपचार भएको छ ।
    राजविराज नगरपालिका वडा नं. ९ मलेठस्थित आँखा अस्पताल उपचार केन्द्रमा सन् २०२० को जनवरीदेखि डिसेम्बर सम्ममा झण्डै १८ हजार बिरामीको उपचार गरिएको कार्यालय प्रमुख रामकुमार झाले जानकारी दिएका छन् । 
    कार्यालय प्रमुख झाका अनुसार उपचार सेवा पाएका मध्ये करिब २ हजार ३ सय ३१ जनामा मोतिया बिन्दुका बिरामी रहेका थिए । जसमध्ये १ हजार ७ सय ५२ जना भारतीय नागरिक समेतले उपचार पाएका छन् ।
    कोभिड १९ का कारण सबै अस्पतालहरु बन्द भएको बेलामा पनि सधै संचालमा रहेको चौधरी आँखा अस्पतालमा दैनिक रुपमा स्वास्थ्य मापदण्ड अनुसार बिरामीको उपचार गरिएको प्रमुख झाको भनाई छ । 
    तीस शैया रहेको अस्पतालमा हप्ताको प्रत्येक शुक्रबार मोतिया बिन्दुको शल्यक्रिया गर्ने गरिन्छ । साथै आँखाको बिरामी बढेको अवस्थामा हप्तामा दुई पटक पनि शल्यक्रिया गर्ने योजना रहेको प्रमुख झाले बताए । 
    सन् २००२ मा स्थापना भएको आखा अस्पतालमा अहिले दैनिक रुपमा १ सय ५० देखि दुई सय सम्म आँखाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । 
    यता कोरोना माहामारीका कारण सरकारले भारतीय सीमा नाका बन्द गरेपछि उपचारका लागि अस्पताल आउने भारतीय बिरामीको संख्या यस बर्ष घटेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी
स्वंयसेवकको रुपमा कार्यालयमै बिरामी हेर्छन डा. चौधरी
रौतहटलाई हराउदै पर्सा सेमीफाईनलमा प्रवेश
राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण 
स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण 
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
विभिन्न विकासीय काममा आर्थिक अनियमितता  तथा सूचना लुकाउने काम गरिरहेको आरोप
विभिन्न विकासीय काममा आर्थिक अनियमितता  तथा सूचना लुकाउने काम गरिरहेको आरोप