हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी

राजविराज राजविराज
|
सोमबार, कार्तिक २६, २०८१
|
|
१८ पटक हेरिएको
Shares
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी

सारांश

  •     सोमवार बिराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा आयोजित फाईनल खेलमा सप्तरी महिला क्रिकेट टिम राजबिराजले बिराटनगर मोरङ महिला क्रिकेट टिमलाई ८ बिकेटले पराजित गर्दै जित हात पारेको हो ।
  •     मोरङले दिएको ९९ को लक्ष्य सप्तरीले १७ ओभर १ बलमा दुई बिकेट गुमाएर जित हात पारेको छ ।
  • सप्तरीका साक्षी यादबले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५६ रन बनाएकी थिइन् ।

दैनिक समाचारदाता
राजबिराज, २६ कात्तिक ।
 
    बिराटनगरमा जारी पहिलो नेपाल हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा साक्षी यादबको अर्धशतकिय पारीको मद्दतले सप्तरी बिजयी भएको छ । 
    सोमवार बिराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा आयोजित फाईनल खेलमा सप्तरी महिला क्रिकेट टिम राजबिराजले बिराटनगर मोरङ महिला क्रिकेट टिमलाई ८ बिकेटले पराजित गर्दै जित हात पारेको हो ।
    मोरङले दिएको ९९ को लक्ष्य सप्तरीले १७ ओभर १ बलमा दुई बिकेट गुमाएर जित हात पारेको छ । सप्तरीका साक्षी यादबले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५६ रन बनाएकी थिइन् । उनीसँगै बन्दना रजकले पनि ८ रन बनाउदै अविजित रहिन् । 
    टस जितेर सप्तरीले मोरङलाई ब्याटिङ गर्न दिएपछि निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर ९९ रन मा बनाउन सक्यो । जसमा सानू राजबंशी २२, काजल राजबंशी १० रन बनाएकी थिइन् । बलिङतर्फ सप्तरीका सुस्मिता यादबले २, साक्षी यादब, अपेक्षा र दिपा रामले सामान्य १÷१ बिकेट लिएकी थिइन् ।
    खेलको प्लेयर अफ दि म्याच सप्तरी साक्षी यादब घोषित भएको टिम म्यानेजर शमिला यादबले जानकारी दिईन । यो खेल सँगै बिराटरनगर मोरङ र राजबिराज सप्तरी बिच भएको ४ खेलको श्रृंखलामा मोरङले ३ खेलमा जित निकाल्दै च्याम्पियन बनेका छ भने सप्तरीले १ खेलमा मात्र जित निकालेपछि दोस्रो बनेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?