दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
राजविराजमा सम्पन्न प्रथम देवसुन्दर स्मृती राष्ट्रिय महिला तथा पुरुष भारोत्तोलन प्रतियोगितामा रजत पदक बिजेता नेपालकै कान्छी खेलाडी ११ वर्षिया अम्बिका यादव शुक्रबार सम्मानित भएकी छिन् ।
४५ केजी यूथ महिलातर्फ रजत पदक बिजेता खेलाडी अम्बिका कुमारी यादवलाई उनी अध्ययनरत विद्यालय राजविराज ७ स्थित रोज पब्लिक स्कुलले एक कार्यक्रमबीच सम्मान गरेको हो ।
विद्यालय संचालक समितिका सदस्य एवं जसपा केन्द्रिय सदस्य दिनेश कुमार यादवले कदरपत्र र नगद पुरस्कार प्रदान गरेर उनलाई सम्मान गरे । विद्यालयले उनीसँगै भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवलाई समेत सम्मान गरेको छ ।
कक्षा ५ मा अध्ययनरत अम्बिकाले चैत १ गते राजविराजमा सम्पन्न राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्न्याचतर्फ ३० र क्लिन एण्ड जर्कतर्फ ३५ गरि ६५ केजि भार उचालेर सप्तरीका लागि रजत पदक जितेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक मुकेश झाको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा नेपाल प्यावशनका केन्द्रिय सहमहासचिव शम्भु यादव, खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज माझी, पत्रकार महासंघका सहसचिव चन्दन यादव, भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादव लगायतले शुभकामना दिएका थिए ।
४५ केजि तौल समूहको महिलातर्फ रजत पदक ल्याउने ११ वर्षिया यादव मुलुककै पहिलो कान्छि खेलाडी भएको नेपाल भारोत्तोलन संघका केन्द्रिय महासचिव तिलक राउतले जानकारी दिए ।
राष्ट्रिय भारोत्तोलनमा पदक जित्ने कान्छी खेलाडी सम्मानित
सारांश
- ४५ केजी यूथ महिलातर्फ रजत पदक बिजेता खेलाडी अम्बिका कुमारी यादवलाई उनी अध्ययनरत विद्यालय राजविराज ७ स्थित रोज पब्लिक स्कुलले एक कार्यक्रमबीच सम्मान गरेको हो ।
- विद्यालय संचालक समितिका सदस्य एवं जसपा केन्द्रिय सदस्य दिनेश कुमार यादवले कदरपत्र र नगद पुरस्कार प्रदान गरेर उनलाई सम्मान गरे ।
- विद्यालयले उनीसँगै भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवलाई समेत सम्मान गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया