दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
राजविराजमा सम्पन्न प्रथम देवसुन्दर स्मृती राष्ट्रिय महिला तथा पुरुष भारोत्तोलन प्रतियोगितामा रजत पदक बिजेता नेपालकै कान्छी खेलाडी ११ वर्षिया अम्बिका यादव शुक्रबार सम्मानित भएकी छिन् ।
४५ केजी यूथ महिलातर्फ रजत पदक बिजेता खेलाडी अम्बिका कुमारी यादवलाई उनी अध्ययनरत विद्यालय राजविराज ७ स्थित रोज पब्लिक स्कुलले एक कार्यक्रमबीच सम्मान गरेको हो ।
विद्यालय संचालक समितिका सदस्य एवं जसपा केन्द्रिय सदस्य दिनेश कुमार यादवले कदरपत्र र नगद पुरस्कार प्रदान गरेर उनलाई सम्मान गरे । विद्यालयले उनीसँगै भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवलाई समेत सम्मान गरेको छ ।
कक्षा ५ मा अध्ययनरत अम्बिकाले चैत १ गते राजविराजमा सम्पन्न राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्न्याचतर्फ ३० र क्लिन एण्ड जर्कतर्फ ३५ गरि ६५ केजि भार उचालेर सप्तरीका लागि रजत पदक जितेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक मुकेश झाको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा नेपाल प्यावशनका केन्द्रिय सहमहासचिव शम्भु यादव, खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज माझी, पत्रकार महासंघका सहसचिव चन्दन यादव, भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादव लगायतले शुभकामना दिएका थिए ।
४५ केजि तौल समूहको महिलातर्फ रजत पदक ल्याउने ११ वर्षिया यादव मुलुककै पहिलो कान्छि खेलाडी भएको नेपाल भारोत्तोलन संघका केन्द्रिय महासचिव तिलक राउतले जानकारी दिए ।
राष्ट्रिय भारोत्तोलनमा पदक जित्ने कान्छी खेलाडी सम्मानित
सारांश
- ४५ केजी यूथ महिलातर्फ रजत पदक बिजेता खेलाडी अम्बिका कुमारी यादवलाई उनी अध्ययनरत विद्यालय राजविराज ७ स्थित रोज पब्लिक स्कुलले एक कार्यक्रमबीच सम्मान गरेको हो ।
- विद्यालय संचालक समितिका सदस्य एवं जसपा केन्द्रिय सदस्य दिनेश कुमार यादवले कदरपत्र र नगद पुरस्कार प्रदान गरेर उनलाई सम्मान गरे ।
- विद्यालयले उनीसँगै भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवलाई समेत सम्मान गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया