दैनिक समाचारदाता
राजविराज, १० चैत ।
सडक मापदण्डका परेका जग्गामा निर्माण गरिएका संरचनाहरु मंगलवारदेखी राजविराज नगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
नगरको हनुमान मन्दिरदेखि नेताचौक सम्म सडक मापदण्डमा परेका जग्गामा बनाइएका संरचना हटाउन पटक÷पटक सुचना मार्फत नगरपालिकाले आग्रह गरेको थियो ।
तर संचरना भत्काउन अटेर गरेको र सडक तथा नाला निर्माणमा ढिलाई हुन थालेपछि डोजर लगाएर ती संरचनाहरु भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
बीच सडको ९÷९ मिटर दायाँ र बाँया गरी १८ मिटर भित्र पर्ने सबै संरचना हटाउन थालिएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन ।
उक्त सडक स्तरोन्नती र सौन्दर्यकरण कार्यको सडक डिभीजन कार्यालय लहानबाट टेण्डर भई निर्माण कार्य सूरु गर्नु पर्नेमा साईट क्लियरेन्स नहुदाँ समस्या उत्पन्न भएको उनको भनाई थियो ।
यसरी डोजर चलाउँदा केही स्थानीयले विरोध गरेका थिए । तर कार्यवाहक नगर प्रमुख परवीनले भोटको राजनीति नगर्न तथा विकासका काममा राजनीतिक स्वार्थ भन्दा माथी उठेर सबैलाई सहयोग गर्न आग्रह गरेकी थिइन । उनले सडक चौडा र सौन्दर्यकरण कार्य सकिएपछि १०÷२० जनाले मात्र होइन सिंगो नगरवासी नै लाभान्वित हुने बताइन् ।
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
सारांश
- नगरको हनुमान मन्दिरदेखि नेताचौक सम्म सडक मापदण्डमा परेका जग्गामा बनाइएका संरचना हटाउन पटक÷पटक सुचना मार्फत नगरपालिकाले आग्रह गरेको थियो ।
- तर संचरना भत्काउन अटेर गरेको र सडक तथा नाला निर्माणमा ढिलाई हुन थालेपछि डोजर लगाएर ती संरचनाहरु भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
- बीच सडको ९÷९ मिटर दायाँ र बाँया गरी १८ मिटर भित्र पर्ने सबै संरचना हटाउन थालिएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया