२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २८, २०८१
|
|
२५ पटक हेरिएको
Shares
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 

सारांश

  •     उनकै बाटो अनुसरण गर्दै मधेशमा करिब एक दर्जनको हाराहारीमा राजनीतिक दलहरु उदाए तर, उनको नामबाट कुनैपनि नयाँ संरचना निर्माण गर्ने तर्फ कसैले ध्यान दिएनन् ।
  •     सिंहको निधन भएको २२ वर्षपछि बल्ल सप्तरी सदरमुकाम राजविराजमा गजेन्द्रनारायण सिंहको संग्रहालय भवन निर्माण शुरु भएको छ ।
  •       विगतलाई हेर्ने हो भने सप्तरीमा पुरानै संरचनाहरुलाई नयाँ नमांकरण गरी गजेन्द्रनाराण सिंहको नामसँग जोडिएको हो ।

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 

    मधेशको मसिहा भनेर सम्बोधन गरिने सम्मानित नाम हो, गजेन्द्र नारायण सिंह । मधेशी जनतालाई जनसंख्याको आधारमा राज्यको हरेक अंगमा सहभागिताबारे आवाज उठाउने उनी नेपाल सद्भावना परिषदलाई २०४७ सालमा नेपाल सद्भावना पार्टीको रुपमा स्थापना गरी मधेश आन्दोलनलाई अगाडी बढाएका थिए ।
    उनकै बाटो अनुसरण गर्दै मधेशमा करिब एक दर्जनको हाराहारीमा राजनीतिक दलहरु उदाए तर, उनको नामबाट कुनैपनि नयाँ संरचना निर्माण गर्ने तर्फ कसैले ध्यान दिएनन् ।
    सिंहको निधन भएको २२ वर्षपछि बल्ल सप्तरी सदरमुकाम राजविराजमा गजेन्द्रनारायण सिंहको संग्रहालय भवन निर्माण शुरु भएको छ । 
    विगतलाई हेर्ने हो भने सप्तरीमा पुरानै संरचनाहरुलाई नयाँ नमांकरण गरी गजेन्द्रनाराण सिंहको नामसँग जोडिएको हो । 
    राजविराज औद्योगिक क्षेत्र, सगरमाथा अंचल अस्पताल राजविराज र त्रिभुवन चौक जस्ता पुरानै संरचनाहरुको नाम परिवर्तन गरी गजेन्द्रनाराण सिंहको नामबाट नयाँ नामांकरण गरिएको थियो । 
    यसरी पुरानै संरचनाहरुलाई प्रणेता सिंहको नामबाट नामांकरण गर्दा स्थानियहरु सन्तुष्ट थिएनन् । उनीहरु स्व. सिंहको नाउँमा नयाँ संरचना निर्माणका लागि विभिन्न मञ्चहरुमा चर्चा गर्दै आएका थिए । गजेन्द्रबाबुको नामबाट राजविराजमा संग्राहलयको स्थापनाले उनको जिवनको हरेक अध्यायबारे नयाँ पीढीलाई अध्ययन गर्न सजिलो हुने बताउँछन् नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह । 
    यसअघि पुरानो संरचनामा स्व. सिंहको नाम जोडिने कामप्रति असन्तुष्टि जाउँदै आएका साहले राजविराजमा सिंहको नामबाट संग्रहालय निर्माण गरेर बल्ल उनलाई दिईनुपर्ने सम्मानको राज्यले निरन्तरता दिएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीलाई शैक्षिक सामाग्रि र पोशाक बितरण
विद्यार्थीलाई शैक्षिक सामाग्रि र पोशाक बितरण
पोषणको अबस्थामा सुधार ल्याउन गर्भवती, सुत्केरीलाई कुखुरा बितरण 
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
बरहीबिरपुरलाई मिथिला कपको उपाधी 
बरहीबिरपुरलाई मिथिला कपको उपाधी 
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु