सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, आश्विन १२, २०७८
|
|
२२ पटक हेरिएको
Shares
सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ

सारांश

  •     १६ वर्षअघि बञ्चरो प्रहार गरि सिंहको हत्या गरेका सप्तरीको विष्णुपुर गाउँपालिका ६ बस्ने मनोज कुमार यादवलाई विशेष सुराकीको आधारमा प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
  •       उनलाई राजविराज ६ स्थित एक स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्त्रीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
  •       घटना बिवरण अनुसार सिंहको २०६२ साल बैशाख २ गते साँझ हत्या भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 
    साविकको राजविराज ८ निवासी रामएकवाल सिंहको बञ्चरो प्रहार गरि हत्या गर्ने एक फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । 
    १६ वर्षअघि बञ्चरो प्रहार गरि सिंहको हत्या गरेका सप्तरीको विष्णुपुर गाउँपालिका ६ बस्ने मनोज कुमार यादवलाई विशेष सुराकीको आधारमा प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । 
    उनलाई राजविराज ६ स्थित एक स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्त्रीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    घटना बिवरण अनुसार सिंहको २०६२ साल बैशाख २ गते साँझ हत्या भएको थियो । बजारबाट घर फर्किने क्रममा सिंहमाथी यादवसमेतले बञ्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । घटना लगत्तै उनी फरार भएका थिए । 
    उक्त हत्याकाण्डको सर्वोच्च अदालतले २०७४ साल माघ ९ गते यादवलाई सर्वश्यसहित जन्मकैदको फैसला सुनाएको थियो । 
    यता पक्राउ परेका यादवलाई मंगलबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?