सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २१, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक

सारांश

  •     एकल महिलाको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक पक्षलाई सबल बनाई सशक्तिकरण गर्ने उद्देश्यले सो अभियान सुरु गरिएको संस्थाकी प्रमुख जुही ठाकुरले जानकारी दिएकी छिन् ।
  •       घरेलु हिंसा, गरिबी, दाइजो, घर निकाला, अशिक्षा लगायत विभिन्न कारणले कष्टकर जिवन बिताइरहेका एकल महिलाहरुलाई संगठित गरि क्षमता अभिबृद्धि, शिपमुलक तालिम तथा सचेतनाका विभिन्न कार्यक्रम मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो अभियान चलाइएको प्रमुख ठाकुरले बताईन् ।
  •       केन्द्रको उद्घाटन समारोहमा उनले मुलुकभर कुल २० लाख ४१ हजार ५ सय २० एकल महिला रहेको तथ्याङ्क समेत प्रस्तुत गरिन् ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।

    राजविराजस्थित एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले सोमबार हनुमाननगर कंकालिनी नगरपालिकामा शाखा बिस्तार गर्दै यस्तो अभियान सुरु गरेको हो । 
    एकल महिलाको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक पक्षलाई सबल बनाई सशक्तिकरण गर्ने उद्देश्यले सो अभियान सुरु गरिएको संस्थाकी प्रमुख जुही ठाकुरले जानकारी दिएकी छिन् । 
    घरेलु हिंसा, गरिबी, दाइजो, घर निकाला, अशिक्षा लगायत विभिन्न कारणले कष्टकर जिवन बिताइरहेका एकल महिलाहरुलाई संगठित गरि क्षमता अभिबृद्धि, शिपमुलक तालिम तथा सचेतनाका विभिन्न कार्यक्रम मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो अभियान चलाइएको प्रमुख ठाकुरले बताईन् । 
    केन्द्रको उद्घाटन समारोहमा उनले मुलुकभर कुल २० लाख ४१ हजार ५ सय २० एकल महिला रहेको तथ्याङ्क समेत प्रस्तुत गरिन् । एकल महिलाको जिवनस्तरमा सुधार ल्याउन राज्यले धेरै नीति निर्माण र योजना ल्याएको बताइरहँदा पनि ब्यवहारमा त्यस्तो नदेखिएको र कार्यान्वयन पक्ष अत्यन्त फितलो भएको उनले बताइन् । 
     यस्तै सप्तरीमा झण्डै २० हजारको हाराहारीमा एकल महिला रहेको अनुमान गरिएको छ । यद्दपी यसबारे तथ्याङ्क संकलनको काम चलिरहेको उनले जानकारी दिइन् ।
    हनुमाननगर कंकालिनी नगरपालिका १० इनरवा बजारमा बिस्तार गरिएको केन्द्रको शाखा क्रमशः जिल्लाका सबै १८ वटै पालिकामा बिस्तार गर्दै अभियानलाई गति प्रदान गरिने उनको भनाई छ । 
    उनले ठूलो संख्यामा एकल महिला रहेपनि हिंसामा परेका तथा घरवार बिहीन भएका त्यस्ता महिलालाई सुरक्षित वास स्थानका लागि एउटा पनि महिला सेफ हाउस जिल्लामा नहुनु दुःखद विषय भएको बताइन् । सेफ हाउस नहुँदा पीडित महिलालाई सुरक्षित साथ राख्न समस्या हुने गरेको भन्दै उनले राज्यले अविलम्ब यसतर्फ ध्यान नदिए सबैको साथ र सहयोग लिएर निकट भविष्यमै केन्द्रले आफै सेफ हाउस निर्माणका लागि पहल गर्ने बताइन् । 
    कार्यक्रमका प्रमुख अतिथि हनुमाननगर कांकालिनी नगरपालिकाका उपमेयर सरितादेवी यादव सिपलियाले एकल महिलाको जिवनस्तरमा सुधार र सशक्तिकरण क्षेत्रमा पालिकाको तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 
    केन्द्रकी प्रमुख ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुब देव, सगरमाथा अपाङ कल्याण समाजका अध्यक्ष बलदेव मण्डल, संस्थाकी कोषाध्यक्ष सरिता भगत, पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज कुमार माझी, प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर लक्ष्मण शर्मा, आयोजक संस्थाकी उपाध्यक्ष पिंकी झा, सचिव रेखा मण्डल लगायतले अभियानको प्रसंशा गर्दै सफलताको शुभकामना दिए । कार्यक्रम संचालन समाजसेवी कमल मण्डलले गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला
सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
पत्रकारिता क्षेत्रको समस्या समाधानका  लागि आफू गम्भिरः कावा प्रमुख
पत्रकारिता क्षेत्रको समस्या समाधानका  लागि आफू गम्भिरः कावा प्रमुख
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
बाह्र वर्षपछि ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ, ६ महिनामा ३ सय ९७ फरार अपराधी पक्राउ परे 
जनजागरण अभियान अन्तरगत ¥याली
जनजागरण अभियान अन्तरगत ¥याली
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे
लालापट्टीमा देखिएको खोरेत रोगका कारण एक सय भन्दा बढी पशुचौपाया मरे