सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २१, २०८०
|
|
५९ पटक हेरिएको
Shares
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक

सारांश

  •     एकल महिलाको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक पक्षलाई सबल बनाई सशक्तिकरण गर्ने उद्देश्यले सो अभियान सुरु गरिएको संस्थाकी प्रमुख जुही ठाकुरले जानकारी दिएकी छिन् ।
  •       घरेलु हिंसा, गरिबी, दाइजो, घर निकाला, अशिक्षा लगायत विभिन्न कारणले कष्टकर जिवन बिताइरहेका एकल महिलाहरुलाई संगठित गरि क्षमता अभिबृद्धि, शिपमुलक तालिम तथा सचेतनाका विभिन्न कार्यक्रम मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो अभियान चलाइएको प्रमुख ठाकुरले बताईन् ।
  •       केन्द्रको उद्घाटन समारोहमा उनले मुलुकभर कुल २० लाख ४१ हजार ५ सय २० एकल महिला रहेको तथ्याङ्क समेत प्रस्तुत गरिन् ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।

    राजविराजस्थित एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले सोमबार हनुमाननगर कंकालिनी नगरपालिकामा शाखा बिस्तार गर्दै यस्तो अभियान सुरु गरेको हो । 
    एकल महिलाको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक पक्षलाई सबल बनाई सशक्तिकरण गर्ने उद्देश्यले सो अभियान सुरु गरिएको संस्थाकी प्रमुख जुही ठाकुरले जानकारी दिएकी छिन् । 
    घरेलु हिंसा, गरिबी, दाइजो, घर निकाला, अशिक्षा लगायत विभिन्न कारणले कष्टकर जिवन बिताइरहेका एकल महिलाहरुलाई संगठित गरि क्षमता अभिबृद्धि, शिपमुलक तालिम तथा सचेतनाका विभिन्न कार्यक्रम मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो अभियान चलाइएको प्रमुख ठाकुरले बताईन् । 
    केन्द्रको उद्घाटन समारोहमा उनले मुलुकभर कुल २० लाख ४१ हजार ५ सय २० एकल महिला रहेको तथ्याङ्क समेत प्रस्तुत गरिन् । एकल महिलाको जिवनस्तरमा सुधार ल्याउन राज्यले धेरै नीति निर्माण र योजना ल्याएको बताइरहँदा पनि ब्यवहारमा त्यस्तो नदेखिएको र कार्यान्वयन पक्ष अत्यन्त फितलो भएको उनले बताइन् । 
     यस्तै सप्तरीमा झण्डै २० हजारको हाराहारीमा एकल महिला रहेको अनुमान गरिएको छ । यद्दपी यसबारे तथ्याङ्क संकलनको काम चलिरहेको उनले जानकारी दिइन् ।
    हनुमाननगर कंकालिनी नगरपालिका १० इनरवा बजारमा बिस्तार गरिएको केन्द्रको शाखा क्रमशः जिल्लाका सबै १८ वटै पालिकामा बिस्तार गर्दै अभियानलाई गति प्रदान गरिने उनको भनाई छ । 
    उनले ठूलो संख्यामा एकल महिला रहेपनि हिंसामा परेका तथा घरवार बिहीन भएका त्यस्ता महिलालाई सुरक्षित वास स्थानका लागि एउटा पनि महिला सेफ हाउस जिल्लामा नहुनु दुःखद विषय भएको बताइन् । सेफ हाउस नहुँदा पीडित महिलालाई सुरक्षित साथ राख्न समस्या हुने गरेको भन्दै उनले राज्यले अविलम्ब यसतर्फ ध्यान नदिए सबैको साथ र सहयोग लिएर निकट भविष्यमै केन्द्रले आफै सेफ हाउस निर्माणका लागि पहल गर्ने बताइन् । 
    कार्यक्रमका प्रमुख अतिथि हनुमाननगर कांकालिनी नगरपालिकाका उपमेयर सरितादेवी यादव सिपलियाले एकल महिलाको जिवनस्तरमा सुधार र सशक्तिकरण क्षेत्रमा पालिकाको तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 
    केन्द्रकी प्रमुख ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुब देव, सगरमाथा अपाङ कल्याण समाजका अध्यक्ष बलदेव मण्डल, संस्थाकी कोषाध्यक्ष सरिता भगत, पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज कुमार माझी, प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर लक्ष्मण शर्मा, आयोजक संस्थाकी उपाध्यक्ष पिंकी झा, सचिव रेखा मण्डल लगायतले अभियानको प्रसंशा गर्दै सफलताको शुभकामना दिए । कार्यक्रम संचालन समाजसेवी कमल मण्डलले गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
पत्रकारिता क्षेत्रमा देखिएका बिकृतीलाई रोक्नु पर्नेमा जोड
पत्रकारिता क्षेत्रमा देखिएका बिकृतीलाई रोक्नु पर्नेमा जोड
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
बाबाधाम गएका एक बृद्ध  सम्पर्कबिहीन, अर्का युवक फेला परे
समाजवादी पार्टीकी महिला नेतृ साह पक्राउ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी