दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
महाशिवरात्री पर्व नजिकिदै गर्दा नेपाली सेनाले जिल्लाका शिवालय र आसपासमा सरसफाई अभियान संचालन गरेको छ ।
यसैक्रममा शुक्रवार सप्तरी सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव तथा भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
महाशिवरात्रीका बेला शिव मन्दिरहरुमा दर्शनार्थीको घुँइचो लाग्ने गर्छ । सोमवार हुने महाशिवरात्री पर्वलाई लक्षित गरेर सरसफाई थालिएको यहाँस्थित भीमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुबँरले जानकारी दिए ।
उनका अनुसार महाशिवरात्रीका दिन दर्शनार्थीको घुँइचो लाग्ने शिवालहरुमा सेनाले सरसफाई अभियान चलाएको छ ।
केही दिन अघि मात्र वीरेन्द्र सैनिक अस्पताल काठमाडौंको सहकार्यमा स्वास्थ्य मन्त्रालयले ११ दिने वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । शिविरबाट १४ हजारभन्दा बढी बिरामी लाभान्वित भएका थिए ।
महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
सारांश
- यसैक्रममा शुक्रवार सप्तरी सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव तथा भगवती मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
- महाशिवरात्रीका बेला शिव मन्दिरहरुमा दर्शनार्थीको घुँइचो लाग्ने गर्छ ।
- सोमवार हुने महाशिवरात्री पर्वलाई लक्षित गरेर सरसफाई थालिएको यहाँस्थित भीमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुबँरले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया