दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
कोशी पीडितहरुले मंगलवारदेखि गर्ने भनेको निर्णायक आन्दोलन तत्कालका लागी स्थगित गरेको जनाएको छ ।
सप्तरी र सुनसरी सीमामा पर्ने कोशी व्यारेजमा जम्मा भएर आन्दोलन गर्ने भनी पूर्व घोषित कार्यक्रम अनुसार मंगलबार विहानै देखि परेको मुसलधारे वर्षाका कारण स्थगित भएको हो ।
निरन्तर वर्षाका कारण विभिन्न जिल्लाबाट आउने कोशी पीडितहरु बीच बाटो मै रोकिएकाले आन्दोलन स्थगित गर्नु परेको कोशी नदी डुवान पीडित संघर्ष समिती सप्तरी, सुनसरी र उदयपुरका संयोजक महिदेव चौधरीले जानकारी दिए ।
आन्दोलनको अर्काे मिती भने मौसम सफा भएपछी बैठक वोलाएर घोषणा गरिने संघर्ष समितिका सह–संयोजक दुर्गानन्द चौधरीले जानकारी दिए । आन्दोलन अन्तर्गत धर्ना, सभा, आवागमन र कोशी क्षेत्रमा भइरहेको निर्माण कार्यमा अवरोध तथा रिले अनशन लगायतका कार्यक्रम तय गरिएको थियो ।
कार्यक्रम सफल बनाउन झण्डै ५ सय जना कोशी पीडित छाता र वरसाती ओढेर पनि कोशी व्यारेज पुगेका थिए । तर वर्षा रोकिने सम्भावना न देखिएपछी आन्दोलन स्थगित गर्नू परेको सह–संयोजक चौधरीले बताए ।
मुआब्जाको आशमा विगत ६९ वर्ष देखी संघर्षरत कोशी पीडितले यस पल्टको आन्दोलनलाई “निर्णायक”भन्दै व्यापक प्रचार प्रसार र तयारी गरेका थिए । मंगलवार देखी शूरु गरिने धर्ना, प्रर्दशन, विरोध सभा, चक्काजाम तथा कोशी क्षेत्रमा भईरहेको निर्माण कार्य अवरुद्ध गर्ने लगायतका आन्दोलन कार्यक्रम सफल बनाउन करिब ५ सयको संख्यामा कोशी पीडित कोशी व्यारेज पुगी सकेका थिए । धर्नास्थलमा टेन्ट र पण्डाल लगाउन थालेकोे बेला सूरु भएको वर्षा लगातार जारी रहदा तयारी प्रभावित भएको र आन्दोलन स्थागित गर्नु परेको संघर्ष समितीका कोषाध्यक्ष काशिम अन्सारीले सुनाए ।
कोशी नदी डुवान कटान पीडित संघर्ष समितीले दुई साता अघि पत्रकार सम्मेलनको आयोजना गरी साउन २३ गते देखि “निर्णायक आन्दोलन” गर्ने घोषणा गरेका थिए । सोही अनुसार आन्दोलनका लागी सप्तरी, उदयपुर र सुनसरी जिल्लाका कोशी पीडितहरु मंगलवार कोशी व्यारेजमा भेला भई अनिश्चित कालिन धर्ना, रिले अनशन, चक्काजाम र सभाको आयोजना गर्ने तयारीमा थिए । तर मौसमले साथ नदिएपछी तयारीमा धक्का पुगेको कोशी पीडितहरुले पीडा पोखे ।
कोशी सम्झौता हुदा भारतीय पक्षले डुबान क्षेत्रको मुआब्जा दिने नेपाल सरकार संग सम्झौता गरे पनि हालसम्म नदिएको तथा सम्झौता कार्यान्वयनका लागी नेपाल सरकारले पनि ठोस पहल नगरेको कोशी पीडितहरुको कथन छ ।
वि.स.२०११ सालमा नेपाल–भारतबीच भएको कोशी सम्झौता अनुसार कोशी योजना अन्तर्गत परेको जग्गाको मुआब्जा तथा क्षति भएको बालीनालीको क्षतीपुर्ती भारत सरकारले दिनु पर्ने उल्लेख छ ।
कोशी पीडितको निर्णायक आन्दोलन स्थगित
सारांश
- सप्तरी र सुनसरी सीमामा पर्ने कोशी व्यारेजमा जम्मा भएर आन्दोलन गर्ने भनी पूर्व घोषित कार्यक्रम अनुसार मंगलबार विहानै देखि परेको मुसलधारे वर्षाका कारण स्थगित भएको हो ।
- निरन्तर वर्षाका कारण विभिन्न जिल्लाबाट आउने कोशी पीडितहरु बीच बाटो मै रोकिएकाले आन्दोलन स्थगित गर्नु परेको कोशी नदी डुवान पीडित संघर्ष समिती सप्तरी, सुनसरी र उदयपुरका संयोजक महिदेव चौधरीले जानकारी दिए ।
- आन्दोलनको अर्काे मिती भने मौसम सफा भएपछी बैठक वोलाएर घोषणा गरिने संघर्ष समितिका सह–संयोजक दुर्गानन्द चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया