लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द

राजविराज राजविराज
|
सोमबार, मंसिर १५, २०७७
|
|
१८ पटक हेरिएको
Shares
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द

सारांश

  •     जिल्लाको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै बन्द भएका छन् ।
  • कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै हाल विद्यालय संचालनमा नल्याउने नगरपालिकाका पदाधिकारी तथा प्रधानाध्यापकको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
  •       यता आइतबारबाट शम्भुनाथ नगरपालिका क्षेत्र भित्रका विद्यालय संचालनमा आएको एक दिन नबित्दै सोमबार सूचना टाँस गर्दै पुनः बन्द गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लामो समयदेखी बन्द रहेका सप्तरीका केही विद्यालय खुलेको भोली पल्टै बन्द भएका छन् ।  
    जिल्लाको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै हाल विद्यालय संचालनमा नल्याउने नगरपालिकाका पदाधिकारी तथा प्रधानाध्यापकको संयुक्त बैठकले सो निर्णय गरेको हो । 
    यता आइतबारबाट शम्भुनाथ नगरपालिका क्षेत्र भित्रका विद्यालय संचालनमा आएको एक दिन नबित्दै सोमबार सूचना टाँस गर्दै पुनः बन्द गरिएको छ । 
    उक्त नगरपालिकाभित्र २४ सामुदायिक विद्यालय छन् । अधिकांश गत चैत ११ देखी नै बन्द छन् । कोरोनाको जोखिम कायमै रहेकाले विद्यालयहरु अर्को निर्णय नभएसम्मका लागि सोमबारदेखी पुनः बन्द गर्ने निर्णय भएको नगरप्रमुख योगेन्द्र प्रसाद चौधरीले बताए । 
    उक्त नगरपालिका २ स्थित श्री आधारभुत विद्यालय कनकपटीका प्रधानाध्यापक असगर मो. मियाँले सरकारले तोकेको विद्यालय संचालन सम्बन्धी निर्देशिका अनुसार सुरक्षा सतर्कता मापदण्ड अपनाएर कक्षा संचालन गर्ने प्रयास गरिएपनि विद्यार्थीको अत्यन्त न्युन उपस्थितिका कारण सोमबारदेखी पुनः विद्यालय बन्द गर्ने निर्णय गरिएपछि सूचना टाँस गरिएको बताए । २ सय ७५ विद्यार्थी रहेको उक्त विद्यालयमा आइतबार १४ जना मात्र उपस्थित भएका थिए ।
    १८ स्थानिय तह रहेको सप्तरी जिल्लामा ५ सय १३ सामुदायिक तथा १ सय ७७ निजि विद्यालय छन् । समुदायिकतर्फ १ लाख ७ सय ६ तथा निजि विद्यालयका ३४ हजार ६ सय २९ गरि कक्षा १ देखी १२ सम्म कुल १ लाख ३५ हजार ३ सय ३५ विद्यार्थी जिल्लामा अध्ययनरत छन् । 
    यता जिल्ला शिक्षा तथा समन्वय इकाई सप्तरीका प्रमुख फनिन्द्र खत्रीका अनुसार कोरोनाको संक्रमण फैलिन थालेपछि चैत ११ देखी बन्द विद्यालयहरु सरकरले तोकेको विद्यालय संचालन सम्बन्धी निर्देशिकाको पालना गर्दै खोल्न स्थानिय तहलाई अनुमति प्रदान गरिएको छ । 
    जसअनुसार जिल्लाका राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले सम्बन्धीत ठाउँका अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक राखी विद्यालय संचालनको निर्णय गरिसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस र नेकपा परित्याग गरि सयौं जसपामा प्रवेश
काँग्रेस र नेकपा परित्याग गरि सयौं जसपामा प्रवेश
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
कोरोना भाइरसको त्रासबाट उत्पन्न भइरहेको विकृती
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
अपहरण पछि हत्या गरिएको घटनाका  अभियुक्त ११ वर्ष पछि पक्राउ
अपहरण पछि हत्या गरिएको घटनाका अभियुक्त ११ वर्ष पछि पक्राउ
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
पगरीवालाको निधनप्रति दुःख ब्यक्त