दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
संयुक्त विधार्थी संगठन सप्तरीले मधेश कृषि विश्वविद्यालयका कर्मचारीहरुले तलब नपाएको भन्दै गरेको तालाबन्दीको घटनाप्रति आइतबार मुख्यमन्त्री तथा मन्त्री परिसदको कार्यालय मधेस प्रदेशलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत आइतबार बुझाइएको ज्ञापन पत्रमा समयमा समस्या समाधान नगरी विद्यार्थीको भविष्यसँग खेलवाड गरे संयुक्त विधार्थी संगठन सप्तरी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी मधेश प्रदेश सरकारले लिनु पर्ने चेतावनी समेत दिइएको छ ।
समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीका अध्यक्ष श्याम कुमार यादव, अनेरास्ववियु सप्तरीका इन्चार्ज मनिषा कुमारी साह, अनेरास्ववियु सप्तरीका अध्यक्ष सत्य नारायण चौधरी, लोकतान्त्रिक विद्यार्थी संघ सप्तरीकाका अध्यक्ष महेश कुमार यादव, स्वतन्त्र विधार्थी युनियन मविव क्याम्पसका अध्यक्ष रन्जित कुमार यादव र अखिल कान्तिकारी सप्तरीका अध्यक्ष कृष्णा कुमार रामद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सो चेतावनी दिइएको छ ।
मधेश कृषि विश्वविद्यालयको सिनेटको बैठक मधेश प्रदेश सरकारले सम्पन्न नगरेको कारण विश्वविद्यालय विगत केहि महिनादेखी समस्याग्रस्त रहेको जनाउँदै ज्ञापनमा विद्यार्धीहरुको पठन पाठन समेत अवरुद्ध भएकोमा संयुक्त विधार्थी संगठन सप्तरीको ध्यानाकर्षण भएको उल्लेख छ ।
ज्ञापन पत्रमा “मधेश प्रदेश सरकारले समस्या सल्टयाउनुको सट्टा झन भाजो हाल्ने काम गरिरहेको कारण विद्यार्थीको पढन पाउने हकबाट वन्चित भएकोले मधेश प्रदेश सरकारका मुख्यमन्त्री र यस विश्वविद्यालयको कुलपति मुख्यमन्त्री सतिश कुमार सिंह र शिक्षामन्त्री विश्वविद्यालयका सहकुलपति मन्त्री रानीशर्मा तिवारीलाई अविलम्ब मधेश कृषि विश्वविद्यालयको समस्या समाधान गरी पठन पाठन सुचारु गर्न संयुक्त विधार्थी संगठन जोडदार माग गर्दछ ।” उल्लेख छ ।
कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
सारांश
- प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत आइतबार बुझाइएको ज्ञापन पत्रमा समयमा समस्या समाधान नगरी विद्यार्थीको भविष्यसँग खेलवाड गरे संयुक्त विधार्थी संगठन सप्तरी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी मधेश प्रदेश सरकारले लिनु पर्ने चेतावनी समेत दिइएको छ ।
- समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीका अध्यक्ष श्याम कुमार यादव, अनेरास्ववियु सप्तरीका इन्चार्ज मनिषा कुमारी साह, अनेरास्ववियु सप्तरीका अध्यक्ष सत्य नारायण चौधरी, लोकतान्त्रिक विद्यार्थी संघ सप्तरीकाका अध्यक्ष महेश कुमार यादव, स्वतन्त्र विधार्थी युनियन मविव क्याम्पसका अध्यक्ष रन्जित कुमार यादव र अखिल कान्तिकारी सप्तरीका अध्यक्ष कृष्णा कुमार रामद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सो चेतावनी दिइएको छ ।
- मधेश कृषि विश्वविद्यालयको सिनेटको बैठक मधेश प्रदेश सरकारले सम्पन्न नगरेको कारण विश्वविद्यालय विगत केहि महिनादेखी समस्याग्रस्त रहेको जनाउँदै ज्ञापनमा विद्यार्धीहरुको पठन पाठन समेत अवरुद्ध भएकोमा संयुक्त विधार्थी संगठन सप्तरीको ध्यानाकर्षण भएको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया