दैनिक समाचारदाता
संखुवासभा, ११ जेठ ।
नेपाल–भारत मैत्री संघको केन्द्रिय कार्यांलयले आईतवार आयोजना गरेको निःशुल्क पाठेघर र स्तनक्यान्सर स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
संखुृवासभाको धर्मदेवी नगरपालिकामा आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा एकै दिन ५ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।
भक्तपुर क्यान्सर अस्पतालको विज्ञ समुहको प्राविधीक सहयोग तथा धर्मदेवी नगरपालिकाको समन्वयमा वडा नं.३ को कार्यालयमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ७५ जना महिलाको स्वास्थ्य परिक्षण, प्रारम्भीक उपचार र निःशुल्क औषधी सहित उक्त रोगबाट बच्ने उपायबारे आवश्यक सचेतना समेत प्रदान गरिएको नेपाल–भारत मैत्री संघले जनाएको छ ।
केन्द्रिय अध्यक्ष तथा सप्तरी निवासी शैलेन्द्र मोहन झाले आर्थिक अवस्था कमजोर भएका तथा लोकलाजका कारण पनि रोग लुकाउने अवस्थामा रहेका महिलाहरुलाई लक्षित गरी यस्तो शिविर आयोजना गरिएको बताए । उनले यस्तो शिविर क्रमिकरुपमा देशका अन्य जिल्लामा समेत संचालन गर्ने योजना रहेको सुनाए ।
धर्मदेवी नगरपालिकाका मेयर उदय चन्द्र पौडेलको अध्यक्षता तथा नेपाल–भारत मैत्री संघका केन्द्रिय अध्यक्ष झाको प्रमुख आतिथ्यमा उदघाटन गरीएको शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक उज्जवल चालिसेको नेतृत्वमा २५ सदस्यीय चिकित्सक टोलीले स्वास्थ्य सेवा प्रदान गरेको शिविरका आयोजक नेपाल भारत मैत्री संघले जनाएको छ ।
सो अवसरमा संघका कोषाध्यक्ष अरुण कुमार सिह, केन्द्रीय सह प्रमुख सल्लाहकार लोकन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य खडक बहादुर थापा, भक्तपुर क्यान्सर अस्पतालका परार्मशदाता प्रमोद एजु ढकाल समेतको उपस्थिती रहेको थियो ।
नेपाल–भारत मैत्री संघद्वारा निःशुल्क स्वास्थ्य शिविर, पाँच सय भन्दा बढी महिलाले पाए उपचार
सारांश
- संखुृवासभाको धर्मदेवी नगरपालिकामा आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा एकै दिन ५ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।
- भक्तपुर क्यान्सर अस्पतालको विज्ञ समुहको प्राविधीक सहयोग तथा धर्मदेवी नगरपालिकाको समन्वयमा वडा नं.
- ३ को कार्यालयमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ७५ जना महिलाको स्वास्थ्य परिक्षण, प्रारम्भीक उपचार र निःशुल्क औषधी सहित उक्त रोगबाट बच्ने उपायबारे आवश्यक सचेतना समेत प्रदान गरिएको नेपाल–भारत मैत्री संघले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया