दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
बाराको कलैयामा जारी मधेश प्रदेश क्रिकेट लिगमा सप्तरीका राहुल बिकको बिष्फोटक ब्याटिंङको मदतले सप्तरी फाईनलमा प्रवेश गरेको छ ।
मंगलवार सिद्वेश्वर खेल मैदानमा सम्पन्न सेमिफाईनल खेलमा धनुषालाई ३ बिकेट पराजित गर्दै सप्तरी फाईनलमा प्रवेश गरेको हो ।
धनुषाले दिएको ९९ रनको लक्ष्य सप्तरीले १९ ओभर २ बलमा ७ बिकेट गुमाएर प्राप्त ग¥यो । राहुल बिकले ३१ बलमा ४ छक्का र ४ छक्काको मदतले ४८ रन बनाउदै नटआउट खेलेपछि सप्तरी अन्तिम ओभरमा जित निकाल्न सफल भयो ।
सुरूवातमा रोहन बिक सँगै अभिषेक कार्की, भोला साह, पप्पु यादब, नितेश यादब सहित ५ जना ब्याटरले दोहोरो अंक पार गर्न सकेका थिएन् ।
यसैगरी टिमका लागि कप्तान अमित यादबले ११ रन बनाएका थिए भने वसन्त यादबले नटआउट रहदै ४ रन बनाएका थिए ।
बलिङतर्फ धनुषाका रनरूप यादब र अबजित मण्डलले समान्य २÷२ बिकेट तथा बिकास सुशलिंग, अखिलेश ठाकुर, बिक्रान्त यादबले १÷१ बिकेट लिएका थिए ।
टस जितेर धनुषा जिल्ला क्रिकेट टिमले २० ओभरमा ९ बिकेट गुमाएर ९८ रनको योगफल खडा गरेका थिए । जसमा अखिलेश ठाकुरले २३ रन, हिमान्सु दत्तले २१ रन बनाएका थिए । बलिङतर्फ सप्तरीका नितेश यादबले ३ बिकेट, पप्पु यादब २ बिकेट तथा अजय यादब र बिकास दासले समान्य १÷१ बिकेट लिएका थिए ।
खेलको प्लेयर अफ दि म्याच सप्तरीका राहुल बिक घोेषित भएका थिए । जेठ १५ गते बाराको बिरगंजमा बारा र सप्तरी बिच फाईनल खेल हुने मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
मधेश प्रदेश लिगमा सप्तरी फाईनलमा प्रवेश
सारांश
- मंगलवार सिद्वेश्वर खेल मैदानमा सम्पन्न सेमिफाईनल खेलमा धनुषालाई ३ बिकेट पराजित गर्दै सप्तरी फाईनलमा प्रवेश गरेको हो ।
- धनुषाले दिएको ९९ रनको लक्ष्य सप्तरीले १९ ओभर २ बलमा ७ बिकेट गुमाएर प्राप्त ग¥यो ।
- राहुल बिकले ३१ बलमा ४ छक्का र ४ छक्काको मदतले ४८ रन बनाउदै नटआउट खेलेपछि सप्तरी अन्तिम ओभरमा जित निकाल्न सफल भयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया