दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
बाराको कलैयामा जारी मधेश प्रदेश क्रिकेट लिगमा सप्तरीका राहुल बिकको बिष्फोटक ब्याटिंङको मदतले सप्तरी फाईनलमा प्रवेश गरेको छ ।
मंगलवार सिद्वेश्वर खेल मैदानमा सम्पन्न सेमिफाईनल खेलमा धनुषालाई ३ बिकेट पराजित गर्दै सप्तरी फाईनलमा प्रवेश गरेको हो ।
धनुषाले दिएको ९९ रनको लक्ष्य सप्तरीले १९ ओभर २ बलमा ७ बिकेट गुमाएर प्राप्त ग¥यो । राहुल बिकले ३१ बलमा ४ छक्का र ४ छक्काको मदतले ४८ रन बनाउदै नटआउट खेलेपछि सप्तरी अन्तिम ओभरमा जित निकाल्न सफल भयो ।
सुरूवातमा रोहन बिक सँगै अभिषेक कार्की, भोला साह, पप्पु यादब, नितेश यादब सहित ५ जना ब्याटरले दोहोरो अंक पार गर्न सकेका थिएन् ।
यसैगरी टिमका लागि कप्तान अमित यादबले ११ रन बनाएका थिए भने वसन्त यादबले नटआउट रहदै ४ रन बनाएका थिए ।
बलिङतर्फ धनुषाका रनरूप यादब र अबजित मण्डलले समान्य २÷२ बिकेट तथा बिकास सुशलिंग, अखिलेश ठाकुर, बिक्रान्त यादबले १÷१ बिकेट लिएका थिए ।
टस जितेर धनुषा जिल्ला क्रिकेट टिमले २० ओभरमा ९ बिकेट गुमाएर ९८ रनको योगफल खडा गरेका थिए । जसमा अखिलेश ठाकुरले २३ रन, हिमान्सु दत्तले २१ रन बनाएका थिए । बलिङतर्फ सप्तरीका नितेश यादबले ३ बिकेट, पप्पु यादब २ बिकेट तथा अजय यादब र बिकास दासले समान्य १÷१ बिकेट लिएका थिए ।
खेलको प्लेयर अफ दि म्याच सप्तरीका राहुल बिक घोेषित भएका थिए । जेठ १५ गते बाराको बिरगंजमा बारा र सप्तरी बिच फाईनल खेल हुने मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
मधेश प्रदेश लिगमा सप्तरी फाईनलमा प्रवेश
सारांश
- मंगलवार सिद्वेश्वर खेल मैदानमा सम्पन्न सेमिफाईनल खेलमा धनुषालाई ३ बिकेट पराजित गर्दै सप्तरी फाईनलमा प्रवेश गरेको हो ।
- धनुषाले दिएको ९९ रनको लक्ष्य सप्तरीले १९ ओभर २ बलमा ७ बिकेट गुमाएर प्राप्त ग¥यो ।
- राहुल बिकले ३१ बलमा ४ छक्का र ४ छक्काको मदतले ४८ रन बनाउदै नटआउट खेलेपछि सप्तरी अन्तिम ओभरमा जित निकाल्न सफल भयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया