उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २९, २०७९
|
|
२६ पटक हेरिएको
Shares
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप

सारांश

  •     राजविराजमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
  • उनले निर्वाचनमा पराजयको त्रासले प्रतिस्पर्धीहरुले हदैसम्मको अनर्गल प्रचारबाजी गर्दै आएको बताए ।
  •       हालसम्म कसैले गर्न नसकेको विकासीय कामहरु तथा राजनीतिक आन्दोलनहरुको उपलब्धीले गर्दा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसँग चुनावी प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धी उम्मेदवारहरुमा हारको त्रास देखिएकोले उनीहरु आतिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष कुमार सुमनले उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले प्रतिस्पर्धीहरु डराएर भ्रामक प्रचारबाजी गरिरहेको आरोप लगाएका छन् । 
    राजविराजमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले निर्वाचनमा पराजयको त्रासले प्रतिस्पर्धीहरुले हदैसम्मको अनर्गल प्रचारबाजी गर्दै आएको बताए । 
    हालसम्म कसैले गर्न नसकेको विकासीय कामहरु तथा राजनीतिक आन्दोलनहरुको उपलब्धीले गर्दा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसँग चुनावी प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धी उम्मेदवारहरुमा हारको त्रास देखिएकोले उनीहरु आतिएको बताए । 
    सामाजिक सञ्जालहरुमा निर्वाचन आचार संघीयता विपरित जसपाका अध्यक्ष यादवलाई लक्षित गरी दुष्प्रचार प्रचार गरिरहेको बताउँदै प्रवक्ता सुमनले जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भ्रामक प्रचार गरेकोमा आफ्नो पार्टी र प्रशासनले समेत खण्डन गरिसकेको बताए ।  
    जिल्लामा वाह्य हस्तक्षेप व्यापक बढेको भन्दै निर्वाचनको माहोल नधुमिल्याउन प्रवक्ता सुमनले सचेत गराउँदै अन्य उम्मेदवारलाई पनि त्यसरी नै स्वस्थ रुपमा चुनावी प्रचार गर्न आग्रह गरे । उनले प्रशासनलाई समेत स्वच्छ निर्वाचन गराउनमा सहयोग पु¥याउन आग्रह गर्दै अस्वस्थ प्रतिस्पर्धामा लागेका र धर्मका नाममा उन्मात फैलाउनेलाई कार्वाहीको दायरामा ल्याउनका लागि प्रहरी प्रशासन चनाखो रहनुपर्नेमा जोड दिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?