जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले

राजविराज राजविराज
|
आइतबार, जेठ १२, २०७६
|
|
२६ पटक हेरिएको
Shares
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले

सारांश

  •     राष्ट्रिय सभा सदस्य प्याकुरेलले मिडिया विधेयक प्रति सरकार गम्भिर रहेको भन्दै यसप्रति संचारकर्मीहरुलाई कुनै आंशका नगर्न आग्रह गरे ।
  • उनले मिडिया विधेयकले संचारकर्मीहरुप्रति कुनै प्रकारको विभेद नगर्ने तथा संचारकर्मीहरुले सो विधेयकमाथी संशोधन गर्नका लागि उठाएका बुँदालाई सरकारले संसदमा छलफल गरेर जिम्मेवारपूर्वक संशोधन गर्न बताए ।
  •       नेकपाका प्रदेश २ सचिव समेत रहेको राष्ट्रिय सभाका सदस्य प्याकुरेलले जिल्लाको समग्र विकासमा नेकपाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    राजविराज÷राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले सप्तरीको जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत रहेको बताएका छन् । 
    शनिबार राजविराजमा जिल्लाका संचारकर्मीहरुसँग भटघाटका क्रममा उनले जिल्लाको समस्या समाधान र विकासका निम्ति आफू जहिले पनि प्रयासरत रहिरहने बताए । 
    संचारकर्मीहरुको एक जिज्ञासामा राजविराजमा रामराजाप्रसाद सिंह विज्ञान प्रतिष्ठान संचालन हुनेमा कसैले शंका नगर्न भन्दै दुई तिन दिनमै यसको अनुभुती हुनेमा जिल्लावासीलाई विस्वस्त हुन आग्रह गरे ।  
    राष्ट्रिय सभा सदस्य प्याकुरेलले मिडिया विधेयक प्रति सरकार गम्भिर रहेको भन्दै यसप्रति संचारकर्मीहरुलाई कुनै आंशका नगर्न आग्रह गरे । उनले मिडिया विधेयकले संचारकर्मीहरुप्रति कुनै प्रकारको विभेद नगर्ने तथा संचारकर्मीहरुले सो विधेयकमाथी संशोधन गर्नका लागि उठाएका बुँदालाई सरकारले संसदमा छलफल गरेर जिम्मेवारपूर्वक संशोधन गर्न बताए । 
    नेकपाका प्रदेश २ सचिव समेत रहेको राष्ट्रिय सभाका सदस्य प्याकुरेलले जिल्लाको समग्र विकासमा नेकपाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दुई तिहाईको बहुमत रहेको नेकपाले मुलुकमा सात मध्येृ ६ प्रदेशमा सरकार चलाइरहेको भन्दै प्रदेश २ मा समेत ठूलो पार्टी रहेको स्मरण गराए । 
    संचारकर्मी भेटघाटका क्रममा प्रदेश २ का सदस्य हिरण्य कुमार गुप्ता, सुखराम यादव लगायत पार्टीका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?