दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले वर्तमान सरकार भ्रष्टाचारलाई चरम सीमामा पु¥याएको आरोप लगाएका छन् ।
राजविराजमा मंगलवार नेपाल प्रेस सोसाईटी, शाखा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका पूर्वप्रम भट्टराईले एकपछि अर्को गल्ती गर्दै सरकारले मुलुकलाई उल्टो दिसा तर्फ लगिरहेको आरोप लगाए । उनले भने, ‘अहिलेको सरकार वाइडबडी काण्ड, एनसेल काण्ड, बुढी गण्डकी काण्ड, सुनकाण्ड लगायतका काण्डै काण्डमा फसेको छ, जसकारण भ्रष्टाचार चरम सीमामा पुगेको तथा देशको आर्थिक विकासमा नाकारात्मक प्रभाव पारेको छ ।’
थारु विद्रोहका कारण मुद्दा खेपेका रेशम चौधरी र राज्य विप्लवको मुद्दा खेपेका सीके राउतको सन्दर्भमा फरक–फरक निर्णय आउनु न्यायोचित न भएको उनको भनाई छ । उनले अदालतको आदेशमा जन्मकैदको सजाय पाएका रेशम चौधरीको विषयमा पनि सरकारले दोहोरो चरित्र देखाएको र न्यायलयलाई प्रभावमा पारेको आरोप समेत लगाए ।
पृथकतावादी आन्दोलन गरिरहेका सीके राउतलाई सेटिङ मिलाएर नै रिहा गराइएको आरोप लगाउँदै उनले भने ‘पृथकतावादी आन्दोलन गर्ने राउतलाई सेटिङ गरेर निकाल्ने र तत्कालै सहमति पनि गर्ने, अनि राजनीतिक विद्रोह गरेकालाई आजिवन कारावास हुने ? उनले टिकापुर घटनामा सुरक्षाकर्मी मारिनु दुःखद भएपनि टिकापुर घटना राजनैतिक विद्रोह भएकोले राज्यले सोही अनुरुपको व्यवहार देखाउनु पर्ने जिकिर गरे ।
विप्लव समूह सरकारको कुशासन र भ्रष्टाचारकै कारण पैदा भएको चर्चा गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि अधिकार सम्पन्न जनलोकपाल तीन वटै तहमा गठन गर्नु पर्नेमा जोड दिए ।
सरकारले भ्रष्टाचारलाई चरम सीमामा पु¥यायो ः पूर्व प्रम भट्टराई
सारांश
- राजविराजमा मंगलवार नेपाल प्रेस सोसाईटी, शाखा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।
- पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका पूर्वप्रम भट्टराईले एकपछि अर्को गल्ती गर्दै सरकारले मुलुकलाई उल्टो दिसा तर्फ लगिरहेको आरोप लगाए ।
- उनले भने, ‘अहिलेको सरकार वाइडबडी काण्ड, एनसेल काण्ड, बुढी गण्डकी काण्ड, सुनकाण्ड लगायतका काण्डै काण्डमा फसेको छ, जसकारण भ्रष्टाचार चरम सीमामा पुगेको तथा देशको आर्थिक विकासमा नाकारात्मक प्रभाव पारेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया