दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष शुभचन्द्र झाको बुधबार साँझ निधन भएको छ ।
विगत केही दिनयता पिसाब सम्बन्धि रोगले पीडित ५५ वर्षिय पत्रकार झाको उपचारको क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ ।
मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष समेत रहेका उनको राजविराज वडा नं. ३ स्थित घरमा बिहीबार बिहान संचारकर्मी, आफन्तजन, विभिन्न राजनीतिक दलका नेता लगायतले श्रद्धाञ्जली दिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार झाको असामयिक निधनले मर्माहत भएको जनाएको छ । महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा केही समयदेखि पिसाब सम्बन्धि रोगको उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।
यसैबीच महासंघका सभापति श्रवणकुमार देव, उपाध्यक्ष अम्बिका दाहाल, सचिव रामनारायण विश्वास, सहसचिव गोपाल प्रसाद गुप्ता, कोषाध्यक्ष नवीनकुमार गुप्ता, सदस्यहरु चन्दन यादव, भुषण सिंह, अनिल पोखरेल लगायतको उपस्थितिमा स्व. झाको शवमाथी नेपाल पत्रकार महासंघ अंकित झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
यस्तै मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झाले पनि साहित्य परिषद्को झण्डा ओढाएर स्व. झाप्रति श्रद्धाञ्जली दिएका छन् । सो अवसरमा परिषद्का अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
पत्रकार झाको निधन
सारांश
- विगत केही दिनयता पिसाब सम्बन्धि रोगले पीडित ५५ वर्षिय पत्रकार झाको उपचारको क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ ।
- मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष समेत रहेका उनको राजविराज वडा नं.
- ३ स्थित घरमा बिहीबार बिहान संचारकर्मी, आफन्तजन, विभिन्न राजनीतिक दलका नेता लगायतले श्रद्धाञ्जली दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया