चन्दन यादव
राजविराज, २१ जेठ ।
प्राथमिक स्वास्थ केन्द्र तोपामा चिकित्सक नियमित नआउँदा सेवाग्राहीहरू समस्यामा परेका छन् ।
सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका वडा नम्वर ८ स्थित तोपाको प्राथमिक स्वास्थ केन्द्रमा नियमित चिकित्सक नआउदाँ बिरामीहरू उपचार गराउनबाट समेत बञ्चित हुन पुगेका छन् ।
सो प्राथमिक स्वास्थ केन्द्रमा ४ जना मेडिकल अधिकृत सहित ३ जना सिनियर अहेव, १ जना सिनियर अनमि गरी ११ जना स्वास्थकर्मिहरूको दरबन्दी रहेकोमा हाल ४ जना चिकित्सक नियमित नआउदाँ बिरामीहरू उपचार गराउन बाहिर जानुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
स्वास्थ केन्द्रका ईन्चार्ज डा. सरोज यादब बिगत डेढ महिनादेखि बिदामा बसेका छन भने अर्का करारमा रहेका मेडिकल अधिकृत डा. प्रकाश कुमार सिंह चार दिनदेखि अनुपस्थित छन् ।
यस्तै अर्का डा. सुभाष कुमार मण्डल गजेन्द्र नारायण सिंह अस्पतालबाट काज सरूवा भएको तथा डा. सुषान्त यादब पनि २२ दिनदेखि अनुपस्थित रहेको स्वास्थ्य केन्द्रको हाजिरी रजिष्टरबाट स्पष्ट देखिन्छ ।
यता केही दिनदेखि चिकित्सकहरू नआउदाँ बिरामीहरूलाई उपचार गर्न समस्या हुने गरेको स्वास्थ केन्द्रका सि. अहेव बालकुमार साहले गुनासो गरेका छन् । उनले भने, “स्वास्थ केन्द्रका ईन्चार्ज डा सरोज यादब डेढ महिनादेखि घर बिदामा छन भने नि. ईन्चार्ज पाएका डा. प्रकाश सिँह पनि बिदामा रहेको कुरा प्राथमिक स्वास्थ केन्द्रलाई जानकारी छैन् ।”
नियमित चिकित्सकहरू स्वास्थ चौकीमा नआउदाँ दैनिक रूपमा ३० देखि ४५ जना बिरामीहरु निरास भएर घर फर्कनु परेको कजौलीका स्थानियवासी धिरेन्द्र कुमार यादबले गुनासो गरे ।
यता तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष तथा प्राथमिक स्वास्थ केन्द्र तोपाका संरक्षक सतिशकुमार सिंहले नियमित नआउने चिकित्सकलाई स्पष्टिकरण लिई कार्यवाही गर्ने चेतावनी दिएका छन ।
यता सो बारेमा तिलाठी कोईलाडी गाँउपालीका वडा नम्वर ८ का अध्यक्ष तथा प्राथमिक स्वास्थ केन्द्रका अध्यक्ष लक्ष्मी मण्डललाई यस बारेमा जानकारी लिन खोज्दा सि. अहेव बालकिशोर सँगै सम्पर्क गर्न जवाफ दिए । यसतै सो सम्बन्धमा जनस्वास्थ कार्यालयका प्रमुख निरन्जन यादबसँग कुरा गर्दा सम्पुर्ण स्वास्थ केन्द्र र स्वास्थ चौकीहरूको रेखदेख र अनुगमन गर्ने सम्पुर्ण अधिकार स्थानिय तहलाई भएकोले हामीलाई कुनै जिम्मेवारी नभएको बताए ।
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या
सारांश
- सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका वडा नम्वर ८ स्थित तोपाको प्राथमिक स्वास्थ केन्द्रमा नियमित चिकित्सक नआउदाँ बिरामीहरू उपचार गराउनबाट समेत बञ्चित हुन पुगेका छन् ।
- सो प्राथमिक स्वास्थ केन्द्रमा ४ जना मेडिकल अधिकृत सहित ३ जना सिनियर अहेव, १ जना सिनियर अनमि गरी ११ जना स्वास्थकर्मिहरूको दरबन्दी रहेकोमा हाल ४ जना चिकित्सक नियमित नआउदाँ बिरामीहरू उपचार गराउन बाहिर जानुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
- स्वास्थ केन्द्रका ईन्चार्ज डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया