सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी

राजविराज राजविराज
|
बिहिबार, पौष २९, २०७८
|
|
४७ पटक हेरिएको
Shares
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी

सारांश

  •     सो नगरपालिका वडा नं.
  • ८ स्थित गेष्ट हाउसमा चालकलाई थुनेर बा.
  • १४प.

दैनिक समाचारदाता
राजविराज, २९ पुस । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मातहातमा रहेका सरकारी गेष्ट हाउसमा चालकलाई बाधेर भाडाको गाडी लिएर फरार भएका भारतीय हतियारधारी समूहलाई प्रहरीले खोजी गर्न सक्रिय भएको छ । 
    सो नगरपालिका वडा नं. ८ स्थित गेष्ट हाउसमा चालकलाई थुनेर बा.१४प. ७८३ नम्बरको स्कारपियो गाडी लिएर फरार भएका चार जनाको समूहमा रहेका अपराधी समूहको खोजी कार्य प्रहरीले तिब्र पारेको हो । 


    प्रहरीका अनुसार पुस १६ गते नाम खुल्न नसकेका ती चार जना व्यक्ति घुमघामका लागि भन्दै तिलाठी कोइलाडी गाउँपालिका ५ निवासी नारायण प्रसाद राउतसँग उक्त गाडी भाडामा लिएका थिए । गाडी भाडामा लिएपछि गाडीका चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी ध्रुबकुमार खंगलाई उनीहरु वास बसेको गेष्ट हाउसकै एउटा कोठामा थुनेर गाडी लिई फरार भएको चालकको भनाईलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सो वडाका अध्यक्ष रुन्दीलाल मण्डलले पुस १८ गते बिहान गेष्टहाउस पुग्दा चालक एउटा कोठामा थुनिएको र बाहिरबाट ताल्चा लागिएको अवस्था देखिएपछि तत्कालै प्रहरीलाई खबर गरि उनको उद्धार गरिएको जनाइएको छ । 
    गाडी भाडामा लिने चारै जना भारतीय नागरिक रहेको र उनीहरुसँग हतियार समेत रहेको प्रहरीले जनाएको छ । चालक खंगका अनुसार रक्सीले मातेका उनीहरु करिब राती १२ बजेतिर हतियार देखाउँदै गाडीको साँचो लिएपछि हातखुट्टा बाँधेर मुख थुन्दै कोठा बाहिरबाट ताल्चा लगाइदिएका थिए ।
    पुस १६ गते साँझको समयमा स्थानिय समाजसेवी इन्द्रदेव यादवले भारतबाट आएका दुई÷तीन जना पाँहुना कोठा नपाई अलपत्र परेकाले गेष्ट हाउसमा कोठा मिलाइदिन वडा अध्यक्ष मण्डललाई अनुरोध गरेपछि उक्त कोठा उनले उपलब्ध गराएका थिए । ती पाँहुनाहरु को–को थिए भन्ने बारे आफूलाई कुनै जानकारी नभएको वडा अध्यक्ष मण्डलको भनाई छ । 
    यता इन्द्रदेव यादवले उनीहरु भारतको सिमराहीबाट नेपाल घुम्न आएको आफूलाई बताएको र उक्त दिन हनुमानगर बजारका सम्पूर्ण होटल लँज प्याक भई कोठा नपाएको भन्दै सहयोगका लागि आग्रह गरेपछि मानविय आधारमा वडा अध्यक्षलाई सिफारिस गरिदिएको बताएका छन् । 
    प्रहरीले चालक, गाडी मालिक र कोठाका लागि सिफारिस गर्ने यादवलाई पनि झिकाई बयान लिएको छ । गाडी मालिक राउतले गाडी भाडामा लिइनेहरुलाई आफूले पनि नचिनेको प्रहरीसमक्ष बयान दिएका छन् । सीमावर्ती भारतीय बजार सिमराहीबाट नेपाल घुम्न आएको र तीन÷चार दिनका लागि भाडामा चाहियो भन्दै आएपछि आफूले भाडामा दिएको उनले बताए ।     
    सबैको बयानको आधारमा अपराधीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिँदै सीमावर्ती भारतीय क्षेत्रका प्रहरी र उच्च अधिकारीहरुसँग पनि समन्वय गरि खोजतलास गरिरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
मधेश प्रदेशस्तरिय क्रिकेट कोचलाई  बेलायती प्रशिक्षकद्वारा प्रशिक्षण 
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
बालिका बलात्कार गरेका  यूवकलाई ६ वर्ष कैद
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
स्वास्थ्य शिविरको प्रधान सेनापतिद्वारा निरिक्षण
स्वास्थ्य शिविरको प्रधान सेनापतिद्वारा निरिक्षण