विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
६४ पटक हेरिएको
Shares
विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव

सारांश

  •     चुनाव प्रचारप्रसारका क्रममा बुधबार राजगढ गाउँपालिका वडा नं.
  • १ मा पुगेर उनले पाँच बर्षको लागि मत दिएर जनताले पठाएकोमा परिस्थितिबस बीचमै भोट माग्नुपर्ने अवस्था सृजना भएको जनतालाई बुझाउनु परेको बताए ।
  •     यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका उनले अहिलेको चुनाव बेमौसमको चुनाव भएपनि देश र परिस्थितिको कारण चुनावमा भाग लिनुको विकल्प नरहेको सुनाए ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 

    नेपाली काँग्रेसबाट सप्तरी क्षेत्र नंं ३ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दिनेश कुमार यादवले विगतमा जनतासँग गरेको वाचा अनुसारको योजनाहरु अधुरा रहेको र त्यसलाई पुरा गर्न आफुलाई जनताले अवसर दिनुपर्ने भन्दै मतदाताको चित्त बुझाउन घर–घर पुगिरहेको बताएका छन् । 
    चुनाव प्रचारप्रसारका क्रममा बुधबार राजगढ गाउँपालिका वडा नं. १ मा पुगेर उनले पाँच बर्षको लागि मत दिएर जनताले पठाएकोमा परिस्थितिबस बीचमै भोट माग्नुपर्ने अवस्था सृजना भएको जनतालाई बुझाउनु परेको बताए ।
    यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका उनले अहिलेको चुनाव बेमौसमको चुनाव भएपनि देश र परिस्थितिको कारण चुनावमा भाग लिनुको विकल्प नरहेको सुनाए । 
    सप्तरी क्षेत्र नं. ३ मा शम्भुनाथ–बनैनियाँ सडक, पातो–कठौना सडक र रुपनी–छिन्नमस्ता सडक बनाउने लगायतका बाचा जनतासँग गरेकोमा त्यो सबै अधुरा योजना पुरा गर्न आफुले चुनाव जित्नु पर्ने दावी गरे । जनताको दिनचर्यामा साथ दिनेलाई जनताले जिताउने यादवको विश्वास छ । 
    २०६४ साल देखि लगातार काँग्रेसबाट यसै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्दै आएका यादव पहिलो पटक २०७९ को निर्वाचनमा २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएको थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरेका थिए ।
    यसपटकको चुनावमा जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट ताराकान्त चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरकान्त चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट अरुणकुमार साह लगायत २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा कुल १ लाख ११ हजार ८ सय  ७१ मतदाता रहेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
कर्मचारीको धर्ना जारि,  नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक  विद्यालय संचालन एवं व्यवस्थापनमा असर 
कर्मचारीको धर्ना जारि,  नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक  विद्यालय संचालन एवं व्यवस्थापनमा असर 
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
खैरो हेरोइनसहित दुई पक्राउ
खैरो हेरोइनसहित दुई पक्राउ
भारतसँग जोडिएका सीमा नाका बन्द ! 
भारतसँग जोडिएका सीमा नाका बन्द ! 
महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 
महिला हिंसा रोक्न सबै  एकजुट हुनु पर्छ ः उपाध्यक्ष 
लिटिल एन्जेल बिजयी
लिटिल एन्जेल बिजयी
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?