विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
१०० पटक हेरिएको
Shares
विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव

सारांश

  •     चुनाव प्रचारप्रसारका क्रममा बुधबार राजगढ गाउँपालिका वडा नं.
  • १ मा पुगेर उनले पाँच बर्षको लागि मत दिएर जनताले पठाएकोमा परिस्थितिबस बीचमै भोट माग्नुपर्ने अवस्था सृजना भएको जनतालाई बुझाउनु परेको बताए ।
  •     यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका उनले अहिलेको चुनाव बेमौसमको चुनाव भएपनि देश र परिस्थितिको कारण चुनावमा भाग लिनुको विकल्प नरहेको सुनाए ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 

    नेपाली काँग्रेसबाट सप्तरी क्षेत्र नंं ३ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दिनेश कुमार यादवले विगतमा जनतासँग गरेको वाचा अनुसारको योजनाहरु अधुरा रहेको र त्यसलाई पुरा गर्न आफुलाई जनताले अवसर दिनुपर्ने भन्दै मतदाताको चित्त बुझाउन घर–घर पुगिरहेको बताएका छन् । 
    चुनाव प्रचारप्रसारका क्रममा बुधबार राजगढ गाउँपालिका वडा नं. १ मा पुगेर उनले पाँच बर्षको लागि मत दिएर जनताले पठाएकोमा परिस्थितिबस बीचमै भोट माग्नुपर्ने अवस्था सृजना भएको जनतालाई बुझाउनु परेको बताए ।
    यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका उनले अहिलेको चुनाव बेमौसमको चुनाव भएपनि देश र परिस्थितिको कारण चुनावमा भाग लिनुको विकल्प नरहेको सुनाए । 
    सप्तरी क्षेत्र नं. ३ मा शम्भुनाथ–बनैनियाँ सडक, पातो–कठौना सडक र रुपनी–छिन्नमस्ता सडक बनाउने लगायतका बाचा जनतासँग गरेकोमा त्यो सबै अधुरा योजना पुरा गर्न आफुले चुनाव जित्नु पर्ने दावी गरे । जनताको दिनचर्यामा साथ दिनेलाई जनताले जिताउने यादवको विश्वास छ । 
    २०६४ साल देखि लगातार काँग्रेसबाट यसै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्दै आएका यादव पहिलो पटक २०७९ को निर्वाचनमा २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएको थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरेका थिए ।
    यसपटकको चुनावमा जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट ताराकान्त चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरकान्त चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट अरुणकुमार साह लगायत २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा कुल १ लाख ११ हजार ८ सय  ७१ मतदाता रहेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना
बालिकालाई आत्महत्या गर्न दुरुत्साहन  गर्ने दुईजनालाई कैद र जरिवाना
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
सप्तरी क्षेत्र नं. ४ मा द्विपक्षीय भिडन्तको आंकलन 
सप्तरी क्षेत्र नं. ४ मा द्विपक्षीय भिडन्तको आंकलन 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी