नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न

राजविराज राजविराज
|
आइतबार, पौष १२, २०७७
|
|
२३ पटक हेरिएको
Shares
नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न

सारांश

  •     राजविराजमा आयोजित भेलामा दाहाल–नेपाल समुहका नेता कार्यकर्ताहरुले जनताको बलिदानीपुर्ण संघर्षबाट प्राप्त भएको उपलब्धी र संबिधानको रक्षाका लागि सशक्त संघर्ष गर्न तयार रहेको बताएका छन् ।
  •       नेकपा प्रदेश २ का सहइन्चार्ज तथा पुर्वमन्त्री महेन्द्र पासवानले बिदेशी डिजाईनमा प्रतिगामी शक्तिलाई स्थापित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने निर्णय गरेको आरोप लगाउँदै सरकारको असंबैधानिक निर्णय बिरुद्ध कठोर संघर्ष गर्न समेत रहेको बताएका छन् ।
  •       जनभावना बिपरित र कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाउने नियतबाट संसद बिघटन गर्ने कदम चालिएको भन्दै उनले प्रधानमन्त्री ओलीको कदम बिरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस । 
    प्रतिनिधिसभा विघटनपछि नेकपामा दुई समूहमा विभाजन भएको छ । जसअन्तरगत दाहाल–नेपाल समुहले प्रदेश २ को ८ वटै जिल्लामा आइतबार अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 
    राजविराजमा आयोजित भेलामा दाहाल–नेपाल समुहका नेता कार्यकर्ताहरुले जनताको बलिदानीपुर्ण संघर्षबाट प्राप्त भएको उपलब्धी र संबिधानको रक्षाका लागि सशक्त संघर्ष गर्न तयार रहेको बताएका छन् । 
    नेकपा प्रदेश २ का सहइन्चार्ज तथा पुर्वमन्त्री महेन्द्र पासवानले बिदेशी डिजाईनमा प्रतिगामी शक्तिलाई स्थापित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने निर्णय गरेको आरोप लगाउँदै सरकारको असंबैधानिक निर्णय बिरुद्ध कठोर संघर्ष गर्न समेत रहेको बताएका छन् । 
    जनभावना बिपरित र कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाउने नियतबाट संसद बिघटन गर्ने कदम चालिएको भन्दै उनले प्रधानमन्त्री ओलीको कदम बिरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताए । 
    कार्यक्रममा पुर्वमन्त्री उमेश कुमार यादवले जनताले कम्युनिष्ट शक्तिलाई बिश्वास गरेर दुई तिहार बहुमत दिएपनि प्रधानमन्त्री ओलीले त्यसलाई दुरुपयोग गर्दै प्रतिगामी शक्तिका लागि प्रयोग गरेको आरोप लगाए । 
    सत्ता स्वार्थका लागि अहिले कतिपय नेता कार्यकर्ताहरुले ओलीको असंबैधानिक कदमको समर्थनमा लागेको आरोप लगाउँदै बिगतमा इमान्दार कम्युनिष्ट नेता कार्यकर्ताहरुको राजनैतिक रुपमा हत्या गर्ने पृष्ठभुमि भएका पात्रहरु मात्रै अहिले ओली समुहमा लागेको जिकिर गरे । 
    सो भेलामा नेकपाका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इञ्चार्ज रामप्रित पासवानले आफ्नो स्वार्थ र अहंकारका कारण प्रधानमन्त्री ओलीले संबिधान बिरोधी कार्य गरेको आरोप लगाउँदै सरकारको असंबैधानिक कदम बिरुद्ध आफुहरु प्रतिबद्धत भएर आन्दोलनमा जुटेको उल्लेख गरे । 
    जनताको भावनासँग खेलवाड गर्ने अधिकार कसैसँग नभएको दाबी गर्दै प्रधानमन्त्रीको कदमले प्र्रतिगामी शक्तिलाई बल पुगेकोले यसका बिरुद्ध आन्दोलनमा होमिन सबैसँग आग्रह पनि गरे । 
    नेकपा सप्तरीका अध्यक्ष अशोक कुमार मण्डल (अमर) को अध्यक्षतामा आयोजित भेलामा नेकपा सप्तरीका सचिव तथा प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेले जनताको बलमा प्राप्त भएको संघीयता, समाबेशीता र धर्मनिरीपेक्षता जस्ता उपलब्धीलाई समाप्त पार्न संबिधानमाथि सरकारबाट हमला भएको आरोप लगाए ।
    राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा सप्तरी इञ्चार्ज निरञ्जन झाद्वारा सञ्चालित भेलामा नेकपाकी नेतृ तथा प्रदेशसभा सदस्य रुवी कर्ण, नेकपाका प्रदेश समिति सदस्यहरु महेश कुमार यादव, असर्फी सदा, छेदी रजक बिमल, देवनाथ यादव, अरुण कुमार साह, सुभाषचन्द्र झा, नारायण आचार्य, राजविराज नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जयनारायण मण्डल, प्राध्यापक सुशिल कर्ण लगायतले संसद बिघटन गर्ने सरकारको कदम असंबैधानिक र अलोकतान्त्रिक भएकाले त्यस बिरुद्ध संघर्षको मैदानमा डटेर लाग्नुपर्ने बताए । 
    प्रतिनिधिसभा बिघटन बिरुद्ध आन्दोलनरत नेकपाका दाहाल–नेपाल समुहले केन्द्रीय समितिको सर्कुलर अनुसार प्रदेश २ का सबै जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी पीडितको निर्णायक आन्दोलन स्थगित
कोशी पीडितको निर्णायक आन्दोलन स्थगित
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा  अस्थायी बसोवास सामाग्रि सहयोग
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
विभागिय टिमको वर्चश्वसँगै राष्ट्रिय व्यापी जुडो प्रतियोगिता सम्पन्न
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै
प्रदेश संसदीय समितिद्वारा भुक्तानी  नभएका योजनाहरूको स्थलगत निरिक्षण
प्रदेश संसदीय समितिद्वारा भुक्तानी  नभएका योजनाहरूको स्थलगत निरिक्षण
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद
गस्ति टोली चढेको वनको गाडीमाथी तस्करको आक्रमण, २८ थान काठ बरामद