भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 

राजविराज राजविराज
|
मंगलबार, श्रावण २३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 

सारांश

  •     विहानैदेखि भएको भारी वर्षाले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ३ सकरपुरास्थित राम टोल र राजपुत टोलका २५ घर डुवानमा परेको छ ।
  • तिलाठी कोइलाडी गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार विहानैदेखि भइरहेको अविरल वर्षाले सकरपुराको राम टोल र राजपुत टोलका २५ घर डुवानमा परेका छन् ।
  •       वस्तीमा २ फिट सम्म पानी जमेको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ साउन ।

    मंगलबार भएको भारी वर्षाले सप्तरी जिल्लाको विभिन्न स्थानमा डुवान र कटानको समस्या उत्पन्न भएको छ । 
    विहानैदेखि भएको भारी वर्षाले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ३ सकरपुरास्थित राम टोल र राजपुत टोलका २५ घर डुवानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार विहानैदेखि भइरहेको अविरल वर्षाले सकरपुराको राम टोल र राजपुत टोलका २५ घर डुवानमा परेका छन् । 
    वस्तीमा २ फिट सम्म पानी जमेको छ । निरन्तरको वर्षाले केही तटवन्ध कटानको जोखिमा परेको उनको भनाई छ । पानी पसेका घरका सर्वसाधारण केही उच्चस्थानमा त कोही घर भित्रै खाटमा वसीरहेको राम वस्तीका रामसुन्दर मालीले सुनाए । उनका अनुसार वर्षाको पानी निकास हुन नसक्दा फुसका संरचना भएका ४ वटा घरमा क्षती पुगेको छ । 
    यसैबीच तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष रमेश मुखिया, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सामाजिक विकास शाखाका किशोर कुमार झा सहितको टोलीले स्थलगत अवलोकन गरेका छन् । यस अघि मधेश प्रदेश सभाका सदस्य सतिशकुमार सिंहले समेत स्थलगत निरीक्षण गरेका थिए ।
    यता अत्याधिक वर्षाका कारण वेल्हीस्थित राजविराज भन्सार कार्यालय, हटिया बजार, गजेन्द्रनारायण सिह अस्तपाल परिसर लगायतका विभिन्न स्थानमा पानी जमेको छ । 
    यसअघि जिल्लामा पानी नपर्दा किसान मारमा परेकाले सुख्खाक्षेत्र घोषणा गर्नु पर्ने माग गर्दै केही दिन यता दिनहुजसो विभिन्न राजनीतिक दलबाट प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित माथिल्लो निकायमा ज्ञापन पत्र बुझाउने काम भईरहेको छ । 
    मंगलवार पनि नेकपा एमाले सप्तरीले सुख्खाग्रस्त क्षेत्र घोषणाको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश र संघिय सरकारलाई ज्ञापन पत्र पठाएका छन् । तर सोही समय भएको भारी वर्षाले तिलाठीका २५ घर डुवानमा परेको खबर आएपछि सुख्खाग्रस्त क्षेत्र घोषणको माग गर्दै ज्ञापन पत्र बुझाउन पुगेका एमालेका नेताहरु अलमलमा परेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
एससिडिसीले एक करोड ६५ लाख ९४ हजार ८ सय २७ रूपैया क्षतिपूर्ति दिलाउन सफल
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा
प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायणद्वारा राजिनामा