स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 

सारांश

  •     बिहीबार जिल्ला समन्वय समितिको सभा हलमा आयोजित २०७५÷७६ को वार्षिक प्रगती समिक्षा गोष्ठीमा ती स्थानिय निकाय तथा कार्यालयहरुले प्रगती विवरण प्रस्तुत गरेका हुन् ।
  •     प्रगती विवरण प्रस्तुत गर्दै खडक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईनरदेब यादबले आव ०७५÷०७६ को कुल आम्दानी ५८ करोड ५१ लाख १५ हजार मध्ये ४८ करोड ५७ लाख ६४ हजार ८ रूपैया बरावरको बजेट प्रस्तुत गरे ।
  • त्यसैगरी गत बर्ष खर्च गर्न बाकी रहेको रकम यस आव ०७६÷७७ मा ८ करोड ३२ लाख १४ हजार ९ सय १६ रूपैया अल्या गरिएको उनले जानकारी दिए ।

दैनिक समाचारदाता
राजबिराज, १२ भदौं । 
    जिल्ला समन्वय समिति सप्तरीद्वारा आयोजित बार्षिक समीक्षा गोष्ठीमा विभिन्न स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले बार्षिक प्रगति बिवरण प्रस्तुत गरेको छ ।
    बिहीबार जिल्ला समन्वय समितिको सभा हलमा आयोजित २०७५÷७६ को वार्षिक प्रगती समिक्षा गोष्ठीमा ती स्थानिय निकाय तथा कार्यालयहरुले प्रगती विवरण प्रस्तुत गरेका हुन् ।
    प्रगती विवरण प्रस्तुत गर्दै खडक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईनरदेब यादबले आव ०७५÷०७६ को कुल आम्दानी ५८ करोड ५१ लाख १५ हजार मध्ये ४८ करोड ५७ लाख ६४ हजार ८ रूपैया बरावरको बजेट प्रस्तुत गरे । त्यसैगरी गत बर्ष खर्च गर्न बाकी रहेको रकम यस आव ०७६÷७७ मा ८ करोड ३२ लाख १४ हजार ९ सय १६ रूपैया अल्या गरिएको उनले जानकारी दिए । 
    यसैगरी सशर्त अनुदान तर्फ १ करोड १६ लाख २६ हजार रकम फ्रिज भएको तथा आव बर्षको अन्तिम चौमासिकमा कार्यक्रम संचालन गर्दा अनुगमन गर्न कठिनाई भएको, गैससको आफनो लागतमा कार्यक्रम संचालन गर्नुपर्ने, फोहोर ब्यबस्थापन गर्न समस्या रहेकोले पालीकाले यस्ता कुराहरूको सिकाईको रूपमा लिएको बताए ।
    पालिकालाई अझ थप प्रभावकारी सँगै बिकासिय गति लिनका लागि जनशकतीको अभाव, अपेक्षा र तदाम्यता, बिपद राहतमा केन्द्रको बढी अपेक्षा, स्थानिय सुरक्षाले मात्रै सम्पुर्ण शासकिय ब्यबस्थापन गर्नुपर्ने समस्या रहेको प्रमुख प्रशासकिय अधिकृत यादवको भनाई छ । न्यून राजश्वको बृत्द्वि, आईसिटी मैत्री अभिमुखिकरण, नगरपालीकाको प्रशासकिय भवन, सवारी साधन खरिद तथा ब्यबस्थापन, निर्माणको गुणस्तर परिक्षणमा चुनौती रहेको प्रमुख यादबले बताए ।
    त्यस्तै डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रवण घिमिरेले आव ०७५÷०७६ को कुल संशोधित अनुमानित १२ करोड ५३ लाख २७ हजार ५ सय रकम मध्ये ९ करोड ३० लाख ४२ हजार रकम बरावरको खर्च रकम प्रस्तुत गरिएको छ ।
    प्रस्तुत गरिएको बजेटमा ५ सय मिटर सडक निर्माण, स्वास्थ, कृषि, पशुसेवा, पुर्वाधार निर्माण, बिधालयमा डिजिटल हाजरी, बिपद न्युनिकरण सडक मर्मत सबै वडामा गरेको प्रमुख घिमिरेले जानकारी गराए ।
    डाक्नेश्वरी नगरपालिकालाई सदरमुकाम राजबिराजसँग जोड्नका लागि सडकको समस्या, सडक निर्माणमा न्युनतम ६ मिटर सडक कायम गर्न, नगरपालिकाको आफनो भवन नभएको, दरबन्दी अनुसार कर्मचारीको अभाव र आम जनसमुदायमा सहभागिमूलक सोचको कमिका कारण अपेक्षित उपलब्धी हासिल गर्न नसकेको उनले बताए । 
    अलपसंख्यक दलित, बिपन, वर्गको जिवनस्तरको बिकास गर्न चुनौती सँगै स्थानिय सरकार संचालन ऐन अनुसारको कार्य जिम्मेवारी पूरा गर्न, पुर्वाधार बिकासमा बढी रकम खर्चिलो हुने गरेको र समयमा उपभोक्ता समिति गठन हुन नसक्दा समयमा कार्य सम्पादन गर्न जस्ता चुनौती रहेको प्रमुख प्रशासकिय अधिकृत घिमिरले बताए ।
    यसैगरीमा गजेन्द्र नारायण सिंह, अस्पताल, माटो तथा मल परिक्षण प्रयोगशाला, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, सडक डिभिजन कार्यालयले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    दुई दिन सम्म चल्ने सो बार्षिक समीक्षा कार्यक्रममा सप्तरीका १८ वटै स्थानिय निकायसहित अन्य ८ बिषयगत कार्यालयले आफ्नो बार्षिक प्रगति बिवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको जिसस कार्यक्रम अधिकृत नवराज खडकाले जानकारी दिए ।
    यस्तो कार्यक्रम गुल्मीपछि सप्तरीले नै यस्तो कार्यक्रमको आयोजना गरिरहेको छ भने प्रदेश २ को यस्तो कार्यक्रम संचालन गर्ने सप्तरी पहिलो भएको जिसस श्रोतले जानकारी दिएको छ । 
    प्रगती विवरण प्रस्तुत गर्नअघि आयोजित उद्घाटन समारोहमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले नामको मात्र प्रदेश सरकार रहेको जिकिर गरे । सिंहदरबारको अधिकार स्थानियस्तरमै आएको भनाईलाई खण्डन गर्दै उनले भने, “सिंहदरबारको अधिकार जनतालाई नभएर सो अधिकारको नाममा भ्रम मात्र फैलाइएको छ, त्यसैले सिंह दरबारको नाम परिवर्तन गरेर जनता दरबार राख्नुपर्छ ।”
    संघीय सरकारप्रति रोष प्रकट गर्दै मन्त्री साहले प्रदेश सरकारलाई बदनाम गर्न निकै प्रचारबाजी गरिएको तर, प्रदेश सरकारले गरेका कामहरुप्रति जनता सन्तुष्ट रहेको बताउँदै प्रदेशका हरेक जिल्लामा विकासका कामहरु भएको दाबी समेत गरे ।
    मन्त्रीको हैसियतले एउटा शिक्षक नियुक्ती, बढुवा, सरुवा, स्थान्तरण समेत गर्न नसक्ने अधिकार दिएर संघ सरकारले प्रदेश सरकारलाई अधिकारबिहीन बनाउँदै गएको आरोप समे तलगाए । 
    सोही कार्यक्रममा प्रदेश २ का प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डलले संघ सरकारसँग प्रदेश सरकारले कहिले समन्व गर्न नखोजेको आरोप लगाउँदै प्रदेश सरकार जहिले पनि एकलौटी ढंगले बढ्न खोजेको दाबी गरे । 
    संघीय सरकारले प्रदेशको विकासका लागि हातोमाले गरेर जाने भन्दै विभिन्न विकासीय योजनाहरु माँग गरेपनि प्रदेश सरकारले हालसम्म ती विकासीय योजनाहरु नदिएको आरोप लगाए । 
    जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभावकर यादवको अध्यक्षतमाका आयोजित उद्घाटन सत्रमा प्रधिनिधीसभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश सभा सदस्य विदेश्वर यादव, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, राजपा नेपालका केन्द्रिय महमन्त्री जयप्रकाश ठाकुर, केन्द्रिय सदस्य दिनेश यादव, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा नेपाली काँग्रेस सप्तरीको तर्फबाट कुनै प्रतिनिधिको उपस्थिति रहेको थिएन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी पीडितहरुको आन्दोलनमा राजनीतिक दलको समर्थन 
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 
तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित
तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
भैंसीको बच्चासहित पिकअप प्रहरी नियन्त्रणमा 
भैंसीको बच्चासहित पिकअप प्रहरी नियन्त्रणमा 
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको २३ बुँदे विशेष सुरक्षा योजना
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात