दैनिक समाचारदाता
जनकपुर, १४ साउन ।
मधेश प्रदेश सरकार गृह, संचार तथा कानुन मन्त्रालयले खरिद गरेका ८ वटा मध्ये ६ वटा दमकल स्थानीय निकायलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री राजकुमार लेखिको अध्यक्षतामा बुधबार प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको मन्त्रालयमा बसेको बैठकबाट सो निर्णय गरिएको हो ।
बैठकले स्थानीय तह मार्फत नै हस्तान्तरण गरिने दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
बैठकमा प्रमुख सचिव मदन भुजेल, गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बराल, नेपाल प्रहरीका डिआईजी उमाप्रसाद चतुर्वेदी, नेपाली सेनाका पृतनापति कृष्ण जिसी, सशस्त्र प्रहरीका डिआईजी कृष्ण ढकाल लगायतका समितिका पदाधिकारीहरु सहभागी थिए ।
यस्तै बैठकमा संघीय सरकारबाट भए गरेका कामको प्रगति समिक्षा र विपद व्यवस्थापनमा प्रदेश सरकारको अगामी कार्यदिशा लगायतका बिषयमा छलफल भएको गृहमन्त्री लेखीले जनाएका छन् ।
उनले विपद् संकटग्रस्त क्षेत्रमा खानेपानी तथा सिँचाई कार्यको लागि संघीय तथा अन्य दातृ निकायबाट प्राप्तः स्रोत साधनको प्रभावकारी ढंगले कार्य गर्न भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयलाई समेत अनुरोध गर्ने निर्णय पनि गरेको बताए ।
त्यस्तै, समितिले प्रदेशको विपद संकटग्रस्त क्षेत्रमा प्रभावकारी ढंगले कार्य अगाडी बढाउन जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशका मन्त्रालयसंग समन्वय गरी सबै सरोकारवाला निकायलाई कार्य गर्न निर्देशन दिने निर्णय समेत गरेको छ ।
नेपाली सेनाले शान्ति मिसनबाट प्राप्त १७ बटा ट्यांकर र १ बटा बम डिस्पोजल गाडीलाई प्रचलित कानून बमोजिम अस्थायी दर्ता गर्न मधेस सरकारको श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको मन्त्री लेखीले जानकारी दिए ।
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
सारांश
- गृहमन्त्री राजकुमार लेखिको अध्यक्षतामा बुधबार प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको मन्त्रालयमा बसेको बैठकबाट सो निर्णय गरिएको हो ।
- बैठकले स्थानीय तह मार्फत नै हस्तान्तरण गरिने दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
- बैठकमा प्रमुख सचिव मदन भुजेल, गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बराल, नेपाल प्रहरीका डिआईजी उमाप्रसाद चतुर्वेदी, नेपाली सेनाका पृतनापति कृष्ण जिसी, सशस्त्र प्रहरीका डिआईजी कृष्ण ढकाल लगायतका समितिका पदाधिकारीहरु सहभागी थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया