दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय

राजविराज राजविराज
|
बुधबार, श्रावण १४, २०८२
|
|
५४ पटक हेरिएको
Shares
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय

सारांश

  •     गृहमन्त्री राजकुमार लेखिको अध्यक्षतामा बुधबार प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको मन्त्रालयमा बसेको बैठकबाट सो निर्णय गरिएको हो ।
  •       बैठकले स्थानीय तह मार्फत नै हस्तान्तरण गरिने दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
  •     बैठकमा प्रमुख सचिव मदन भुजेल, गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बराल, नेपाल प्रहरीका डिआईजी उमाप्रसाद चतुर्वेदी, नेपाली सेनाका पृतनापति कृष्ण जिसी, सशस्त्र प्रहरीका डिआईजी कृष्ण ढकाल लगायतका समितिका पदाधिकारीहरु सहभागी थिए ।

दैनिक समाचारदाता
जनकपुर, १४ साउन । 

    मधेश प्रदेश सरकार गृह, संचार तथा कानुन मन्त्रालयले खरिद गरेका ८ वटा मध्ये ६ वटा दमकल स्थानीय निकायलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । 
    गृहमन्त्री राजकुमार लेखिको अध्यक्षतामा बुधबार प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको मन्त्रालयमा बसेको बैठकबाट सो निर्णय गरिएको हो । 
    बैठकले स्थानीय तह मार्फत नै हस्तान्तरण गरिने दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।
    बैठकमा प्रमुख सचिव मदन भुजेल, गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बराल, नेपाल प्रहरीका डिआईजी उमाप्रसाद चतुर्वेदी, नेपाली सेनाका पृतनापति कृष्ण जिसी, सशस्त्र प्रहरीका डिआईजी कृष्ण ढकाल लगायतका समितिका पदाधिकारीहरु सहभागी थिए ।
    यस्तै बैठकमा संघीय सरकारबाट भए गरेका कामको प्रगति समिक्षा र विपद व्यवस्थापनमा प्रदेश सरकारको अगामी कार्यदिशा लगायतका बिषयमा छलफल भएको गृहमन्त्री लेखीले जनाएका छन् ।
    उनले विपद् संकटग्रस्त क्षेत्रमा खानेपानी तथा सिँचाई कार्यको लागि संघीय तथा अन्य दातृ निकायबाट प्राप्तः स्रोत साधनको प्रभावकारी ढंगले कार्य गर्न भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयलाई समेत अनुरोध गर्ने निर्णय पनि गरेको बताए ।
    त्यस्तै, समितिले प्रदेशको विपद संकटग्रस्त क्षेत्रमा प्रभावकारी ढंगले कार्य अगाडी बढाउन जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशका मन्त्रालयसंग समन्वय गरी सबै सरोकारवाला निकायलाई कार्य गर्न निर्देशन दिने निर्णय समेत गरेको छ ।
    नेपाली सेनाले शान्ति मिसनबाट प्राप्त १७ बटा ट्यांकर र १ बटा बम डिस्पोजल गाडीलाई प्रचलित कानून बमोजिम अस्थायी दर्ता गर्न मधेस सरकारको श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको मन्त्री लेखीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाको पानी निकास नहुँदा बजार जलमग्न
वर्षाको पानी निकास नहुँदा बजार जलमग्न
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ
दिपाको रहस्यमय मृत्यु प्रकरणमा थप एक आरोपी पक्राउ
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
ने.वि. संघ छिन्नमस्ता कलेज कमिटिद्वारा रक्तदान
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
दिगो विकासका लागि शिक्षा  अपरिहार्य : आयोग सदस्य ठाकुर
दिगो विकासका लागि शिक्षा  अपरिहार्य : आयोग सदस्य ठाकुर
मैसापद्वारा मन्त्रि तथा प्रदेशसभा सदस्यसहित सम्मानित
मैसापद्वारा मन्त्रि तथा प्रदेशसभा सदस्यसहित सम्मानित
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 
क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त 
क्याम्पसको निमित्त प्रमुखमा रामअशिष नियुक्त