दैनिक समाचारदाता
राजबिराज, १४ पुस ।
राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बुधबार महोत्तरी र धनुषा बिजयी भएका छन् ।
राजबिराजस्थित राजरंगशालाको खेल मैदानमा सम्पन्न पहिलो खेलमा महोत्तरीले सप्तरीलाई २५ रनले तथा दोस्रो खेलमा धनुषाले रौतहटलाई ७ बिकेटले पराजित गरेको हो ।
पहिलो खेलमा टस जितेर सप्तरीले महोत्तरीलाई ब्याटिङको लागि निम्त्यिाएपछि २५ ओभर १ बलमा सबै बिकेट गुमाई १ सय ४१ रनको योगफल खडा गरेको थियो । जसमा हेरकृष्ण झा ३२, अभिशेक अधिकारी २३, अभिशेख तिवारी २४ र राहुल प्रताप सिँह २० रन जोडे ।
यस्तै बलिङतर्फ सप्तरीका महबुव आलमले ४, अजय यादबले ३ तथा रोहित सिह, अनिल यादब पप्पु यादबले समान १÷१ बिकेट लिएका थिए ।
जवाफमा सप्तरीले २३ ओभरमै सबै बिकेट गुमाई १ सय १६ रन मात्र बनाउन सक्यो । जसमा महबुव आलम ३९, बिकास दास २३, निरज यादबले १५ रन बनाएका थिए ।
यता महोत्तरीका मोहम्मद हुसेनले उत्कृष्ट बलिंग गर्दै सप्तरीका ५ जना खेलाडीलाई आउट गरेका थिए । त्यस्तै अर्का बलर राहुल प्रताप सिंहले ३ बिकेट र हरेकृष्णा झा ले २ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच मोहम्मद हुसेन घोषित भए ।
यसैगरि बुधबारै मबिव क्याम्पसको खेल मैदानमा सम्पन्न दोश्रो खेलमा टस जितेर रौतहटले २८ ओभरमा ७ बिकेट गुमाई १ रन को योगफल खडा गरेको थियो । जसमा असचल चौधरीले ५९, डब्लु मलिकले २३ र नितेश यादबले अविजित १४ रन जोडका थिए । बलिङतर्फ धनुषाका हरीशंकर साह र आकाश राय २÷२ बिकेट तथा रूपेश र विशाल सुशिलले १÷१ बिकेट लिए ।
जवाफमा धनुषाले २५ ओभरमा ३ बिकेट गुमाएर बिजय हात पा¥यो । जसमा रौनक रत्नमले उत्कृष्ट ब्याटिङ गर्दै अबिजित ६१ रन र अकबर अलीले अविजित १६ रन बनाएपछि जित सहज भएको र टिमका लागि हिमांशु दत्तले पनि २५ रन जोडे । बलिङतर्फ रौतहटका सागर पासवान २ र राजेश यादबले १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच धनुषाका रौनक रत्नम घोषित भएको सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् ।
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
सारांश
- राजबिराजस्थित राजरंगशालाको खेल मैदानमा सम्पन्न पहिलो खेलमा महोत्तरीले सप्तरीलाई २५ रनले तथा दोस्रो खेलमा धनुषाले रौतहटलाई ७ बिकेटले पराजित गरेको हो ।
- पहिलो खेलमा टस जितेर सप्तरीले महोत्तरीलाई ब्याटिङको लागि निम्त्यिाएपछि २५ ओभर १ बलमा सबै बिकेट गुमाई १ सय ४१ रनको योगफल खडा गरेको थियो ।
- जसमा हेरकृष्ण झा ३२, अभिशेक अधिकारी २३, अभिशेख तिवारी २४ र राहुल प्रताप सिँह २० रन जोडे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया