दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
सरकारी कागजपत्र च्यातेको तथा कार्यालयमा अशान्ति मच्याएको आरोपमा बुधबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
राजविराज वडा नं. ७ स्थित नापी कार्यालयमा गएर कर्मचारीहरुसीत दुव्र्यहार गर्नुका साथै सरकारी कागजपत्र समेत च्यातेको आरोपमा सप्तरीको रुपनी गाउँपालिका १ निवासी ४० वर्षिय प्रमोद साह “राणा” लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कार्यालयमा गएर कर्मचारीलाई दुव्र्यहार गर्नुका साथै कार्यालयको क्षेत्रिय बुक समेत च्यातेर फ्यालेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
उनीमाथी आपराधिक उपद्रव शिर्षकमा मुद्दा चलाइने तथा बुधबार नै सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका साह मिटर ब्याजी बिरुद्ध गठित संघर्ष समितिमा बसी समय समयमा गरिने प्रदर्शनमा सहभागि हुँदै आएका छन् । उनले नापी कार्यालयमा कर्मचारीले सेवाग्राहीसँग घुस मागेको विषयमा प्रश्न उठाउँदा र भिडियो बनाउन खोज्दा अचानक प्रहरी आएर आफूलाई पक्राउ गरेको दाबी गरेका छन् ।
आपराधिक उपद्रव मुद्दाको आरोपमा साह पक्राउ
सारांश
- राजविराज वडा नं.
- ७ स्थित नापी कार्यालयमा गएर कर्मचारीहरुसीत दुव्र्यहार गर्नुका साथै सरकारी कागजपत्र समेत च्यातेको आरोपमा सप्तरीको रुपनी गाउँपालिका १ निवासी ४० वर्षिय प्रमोद साह “राणा” लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- कार्यालयमा गएर कर्मचारीलाई दुव्र्यहार गर्नुका साथै कार्यालयको क्षेत्रिय बुक समेत च्यातेर फ्यालेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया