दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
सरकारी कागजपत्र च्यातेको तथा कार्यालयमा अशान्ति मच्याएको आरोपमा बुधबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
राजविराज वडा नं. ७ स्थित नापी कार्यालयमा गएर कर्मचारीहरुसीत दुव्र्यहार गर्नुका साथै सरकारी कागजपत्र समेत च्यातेको आरोपमा सप्तरीको रुपनी गाउँपालिका १ निवासी ४० वर्षिय प्रमोद साह “राणा” लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कार्यालयमा गएर कर्मचारीलाई दुव्र्यहार गर्नुका साथै कार्यालयको क्षेत्रिय बुक समेत च्यातेर फ्यालेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
उनीमाथी आपराधिक उपद्रव शिर्षकमा मुद्दा चलाइने तथा बुधबार नै सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका साह मिटर ब्याजी बिरुद्ध गठित संघर्ष समितिमा बसी समय समयमा गरिने प्रदर्शनमा सहभागि हुँदै आएका छन् । उनले नापी कार्यालयमा कर्मचारीले सेवाग्राहीसँग घुस मागेको विषयमा प्रश्न उठाउँदा र भिडियो बनाउन खोज्दा अचानक प्रहरी आएर आफूलाई पक्राउ गरेको दाबी गरेका छन् ।
आपराधिक उपद्रव मुद्दाको आरोपमा साह पक्राउ
सारांश
- राजविराज वडा नं.
- ७ स्थित नापी कार्यालयमा गएर कर्मचारीहरुसीत दुव्र्यहार गर्नुका साथै सरकारी कागजपत्र समेत च्यातेको आरोपमा सप्तरीको रुपनी गाउँपालिका १ निवासी ४० वर्षिय प्रमोद साह “राणा” लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- कार्यालयमा गएर कर्मचारीलाई दुव्र्यहार गर्नुका साथै कार्यालयको क्षेत्रिय बुक समेत च्यातेर फ्यालेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया